बाहुबली फेम अभिनेता प्रभासको लाइफइस्टाइ पनि बाहुबलीजस्तै छ भन्ने थाहा नहुन सक्छ। उनले बाहुबलीमा निभाएको भूमिकालाई दर्शकले धेरै मनपराएका थिए।
सन् २३ अक्टोबर १९७९ मा चेन्नइमा प्रभासको जन्म भएको हो। उनको वास्तविक नाम प्रभास राजू उप्पलापति हो। तर उनी आफूलाई प्रभास मात्रै भनेर चिनाउन रुचाउँछन्।
बाहुबलीको पहिलो पार्टमा प्रभासले २५ करोड भारतीय रूपैयाँ लिने बताइए पनि फिल्मले व्यापक सफलतापछि उनले ३० लाख डिमाण्ड गरेको समाचारहरू आएका थिए। उनले मागेको रकम डाइरेक्टरे पनि दिएको बताइन्छ।
प्रभासलाई लक्जरी कारहरूको शोख छ। अन्य कलाकारहरूमा जस्तै उनलाई पनि अलग-अलग प्रकारका शोख हुनु स्वाभाविक नै हो। उनी ८ करोड मूल्य बारबरको रोल्स रायस फ्यान्ट चढ्छन्। उनीसँग २०० करोडभन्दा धेरैको सम्पत्ति छ।
यो पनि पढ्नुहोस :
- इन्स्टाग्राममा प्रभासको यस्तो रेकर्ड
- डन-३ मा शारुख खानलाई रिप्लेस गर्दै रणवीर सिंह
- ११५ बढी प्रकारको आवाज निकाल्ने दीपेन्द्रको देश चिनाउने सपना
बाहुबली फिल्मपछि उनको कमाइ तीव्र रूपमा बढिरहेको छ। फानएप डट को डट इनका अनुसार प्रभाससँग २०४ करोडको सम्पत्ति छ। उनीको जुबली हिल्समा अत्याधुनिक महल र यसमा उनी कहिलेकाही आएर बस्छन्।
फिल्म नगरमा पनि उनको एउटा महल छ। यसलाई उनले सन् २०१४ मा किनेका थिए। यसको मूल्य पनि करोडौँ पर्ने बताइन्छ। यसबाहेक ४० करोड रूपैयाँ बराबरका पर्सनल इन्भेस्टमेन्ट पनि छ। बाहुलबलीको सफलतापछि प्रभासको एउटा फिल्म फि बलिउडका सानासान ६ फिल्म बनाउन पुग्ने जति हुने गरेको छ।
View this post on Instagram
बहुबलीकै सफलतापछि अहिले उनको माग पनि बढेको छ। पहिला उनलाई त्यति सजिलै कुनै एड नदिने ब्रान्डले पनि अहिले समय लिन थालेक छन्। उनले एउटा ब्रान्डको एड गरेको २ करोड फि तोकेका छन्। प्रभासले महिन्द्रा एन्ड महिन्द्रा कम्पनीसँग डिल गरेका छन्। उनले महिन्द्राको TUV300 का लागि एड गर्छन् र यसबापत उनले मोटो रकम लिन्छन्।
यदि तपाईं प्रभासको फ्यान हुनुन्छ भने तपाईंलाई यो कुराले झन खुसी पर्ने छ। प्रभास लग्जरी लाइफइस्टाइलका साथै कारका शोखिन छन्। उनको कार कलेक्सनमा रोल्स रायस फ्यान्टमबाहेक रेन्ज रोवर जुगआर XJ बिएमडब्लु X3 स्कोडा सुपर्ब जस्ता लग्जरी कार छन्। यी कारको मूल्य १५ करोडभन्दा माथि पर्ने बताइन्छ।
यो पनि पढ्नुहोस :
तपाईंहरूलाई थाहा छ बाहुबलीमा काम गर्न सुरु गरेपछि उनले चार वर्षसम्म अन्य कुनै फिल्मका लागि काम गरेनन् भन्ने। उनी उक्त फिल्म यतिधेरै व्यस्त भएकी अर्को फिल्ममा काम गर्ने समय नै मिलेन। उनको बुबा सूर्यनारायण राजू पनि फिल्म प्रोड्युसर हुन्। उनकी आमाको नाम शिव कुमारी हो।
प्रभासलाई राजकुमार हिरानीका फिल्म मन पर्छ। तर, राजकुमार हिरानीको फिल्म ‘पिके’मा आमिर खानेले गरेको भूमिका भने मन परेन। उनले भनेका छन्, ‘मुन्नाभाइ एमबिबिएस र ३ इडिएट्स कैयौँ पटक हेरेको छु। तर मलाई पिके मन परेन।’
प्रभासले सन् २०१४ मा बनेको प्रभु देवाको फिल्म एक्सज ज्याक्सनबाट बलिउडमा प्रवेश गरेका थिए। प्रभासको भ्याक्स स्ट्याचु म्यडम तुसाद म्युजिममा राखिएको छ।
View this post on Instagram
उनी साउथ फिल्म इन्डस्ट्रिमा अलग परिचय दिने कलाकारमध्ये एक हुन्। यो साउथ फिल्म इन्डस्ट्रिका लागि गर्वको विषय पनि हो। प्रभासकोले मीमावरमकव डिएनआर स्कुलमा पढेका हुन्। पछि उनले हैदराबादकव श्रीचैतन्य कलेजबाट बिटेकको डिग्री लिए। प्रभास खास गरि तेलुगु सिनेमाका लागि चिनिन्छन्।
उनले सन् २००२ मा इश्वर फिल्मबाट डब्यु गरेका थिए। त्यसपछि उनका लगातार फिल्म आउन थाले। प्रभासले केहि फिल्म पढाइको शिलशिलामा पूरा गरेका थिए। राघवेन्द्र, वर्षम, चक्रम, योगी, एक निरन्जन, रेबेल, बाहुबली जस्ता हिट फिल्म उनले दर्शकका सामू प्रस्तुत गरेका छन्।
प्रभासका फ्यानलगायतका लागि आझ अर्को खुसीको कुरा छ। अब छिट्टै उनी फिल्म साहोमा देखिदै छन्। उनीसँग बलिउड इन्डस्ट्रीकी चर्चित अभिनेत्री श्रद्धा कपूरले काम गरेकी छन्। यो फिल्मको अहिले उनीहरूका फ्यानलगायतले तीव्र प्रतीक्षा गरिरहेका छन्।
View this post on Instagram