कार्गो कम्पनी डीएचएलको एउटा विमान आकस्मिक अवतरणका क्रममा दुर्घटनामा परेको छ । कोष्टारिकामा जुआन सान्तामारिया अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बोइङ ७५७ विमान दुर्घटनामा परेको हो ।
विमानको अवतरण भने सामान्य अवस्थामा भएको थियो । तर, धावनमार्गमा यु ट्रन लिने क्रममा विमान टुक्रिएको थियो । सामाजिक सञ्जामा पोस्ट गरिएका भिडियोमा विमान धावनमार्गबाट बाहिरएपछि टुक्रा परेको देखिन्छ ।
विमान दुर्घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका छन् । विमानमा चालक दलका सदस्य मात्र रहेका थिए । उनीहरू सकुशल रहेको डीएचएलले जनाएको छ ।
ग्वाटेमालाका लागि उडेको विमानमा हाइड्रोलिक समस्या देखिएको थियो । उक्त समस्यापछि पाइलटले आकस्मिक अवतरण गराएका हुन् ।
कोष्टारिकाको नागरिक उड्ययन प्राधिकरणका उपनिर्देशक लुइस मिरान्डा मुनोजले हाइड्रोलिक समस्या देखिएपछि आकस्मिक अवतरण गरिएको जानकारी दिएको एभिएसन स्रोसले बताएको छ । दुर्घटनामा परेको विमान सन् १९९९ मा बनेको हो ।
एभियसन स्रोसका अनुसार यो विमान निर्माण भएको २२.३ वर्ष पुगेको छ । यसले १९९९ डिसेम्बरबाट पहिलो उडान भरेको थियो ।
A much clearer version of the crash landing has emerged!
Source: Unknown#DHL #AvGeek pic.twitter.com/FCYbgFaW0H
— AviationSource (@AvSourceNews) April 7, 2022

खबरगृह डट्कम समाचारहरूका विषयमा जानकारी दिने प्रोटल हो।