अमेरिकाका अन्य राज्यको तुलनामा टेक्ससमा धेरै मानिसहरूलार्इ मृत्युदण्डको सयाज दिएको छ। उनीहरूमध्ये सयौँ मृतककी एक्ली प्रमाण हुन् कर्मचारी मिशेल लायन्स

उनका आँखाकै अगाडि कयौँ मानिसहरूलार्इ फाँसीको सजाय दिइयो। र उनीमाथि यसको गहिरो असर पर्‍यो। उनले १२ वर्षसम्म मृत्युको सिलसिला देखिन्।

पहिला उनले यी सबै घटनालार्इ पत्रकारले गर्ने रिपोर्टिङका तरिकाबाट हेर्थिन्, पछि उनी टेक्ससको आपराधिक न्याय विभागकी प्रवक्ता बनिन्।

त्यसपछि मृत्युदण्ड दिएको हेर्ने उनको जागिर थियो। सन् २००० देखि  २०१२ का बीचमा मिशेलले करिव ३०० मानिसहरू मारिँदै गरेको र हिंस्रक जिन्दगीहरू चिर निद्रामा निदाउँदै गरेको देखिन्।

२२ वर्षको उमेरमा देखिन् पहिलो फाँसी

कसैलाई फाँसीमा चढ्उँदै गरेको पहिलो पटक तब देखिन् जब उनी २२ वर्षकी थिइन्। पहिलो पटक उनले जुवियर क्रुजलार्इ मर्दै गरेको देखेपछि अखबारमा लेखिन्, ‘मलार्इ यसले केही अफ्ठ्यारो पारेन। के म उदास हुनु पर्थ्यो?’

उनी साच्थिन्, आफ्नो सहानुभूति ती मानिसका साथमा छ जोसँग अपराधीहरूले कुनै न कुनै प्रकारको अपराध गरेका थिए। ‘फाँसीको सजाय हेर्ने मेरो ‘ड्यूटी’ थियो,’ उनी भन्छिन्।

यीनै स्मरणहरूमाथि लेखिएको उनको किताब ‘डेथ रोस् द फाइनल मिनट्स’ प्रकाशित भएको छ। ‘म मृत्युदण्डको पक्षमा थिएँ। म सोच्थेँ यस्ता प्रकारका केही अपराधीहरूका लागि यो सही हो। किनकि त्यतिबेला म जवान थिएँ र कसैसँग डराउँदिनथेँ। मैले हर पक्षलार्इ ‘ब्ल्याक एण्ड ह्वाइट’ तरिकाले हेर्थेँ’, उनले किताबमा उल्लेख गरेकी छिन्।

सन् १९२४ देखि टेक्सस प्रान्तमा मृत्युदण्डका प्रत्येक सजाय एउटा सानो सहर हंट्सविलमा दिइँदै आइएको छ। यहाँ सात वटा जेल छन्, तीमध्ये एउटा वाल्स युनिट, एउटा विशाल भिक्टोरियन भवन, जहाँ मृत्यु दण्डको सजाय दिइन्छ।

सन् १९७२ मा ‘सुप्रिम कोट’ले मृत्युदण्डको सजाय ‘क्रुर’ तरिका भन्दै रोक लगाएको थियो। तर, केही महिनाभित्रै धेरै राज्यहरूले मृत्युदण्डको सजायललाई पुनः बाहाली गर्न माग गरे।

टेक्ससले करिव दुर्इ वर्षपछि मृत्युदण्डको सजायलार्इ बहाली गर्‍यो तर फाँसी दिने तरिकामा परिवर्तन गरेर। टेक्ससमा फाँसीको बदला बिषयुक्त ‘इन्जेक्सन’ दिन थालियो। सन् १९८२ मा चार्ली ब्रुक्सलार्इ बिषयुक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिइयो। ब्रुक्स नै इन्जेक्सनबाट मृत्यु हुने पहिलो व्यक्ति हुन्।

मृत्यु दिने कोठामा के-के हुन्छ?

रिपोर्टर हुँदा मिशेलले ३८ जनाको फाँसी देखिन्।  उनी भन्छिन्, ‘अहिले जब म आफ्ना लेखहरू हेर्छु यसले मलार्इ दुःखी बनाउँछ। मसँग केही गलत सोचहरू थिए। मैले यी सबै कुरालार्इ एउटा सुट्केसमा बन्द गरेर मनको कुनै कुनामा फ्याँकेकी थिएँ। त्यसैले मैले यो सबै हेर्दै गएँ।’

मिशेल अगाडि थप्छिन्, ‘कसैको जिन्दगीको अन्तिम अवस्था देख्नु र कसैको आत्मा उसको शरीरलार्इ छोडेर जाँदै गरेको देख्नु कुनै हालतमा सामान्य कुरा हुनसक्दैन। तर, टेक्ससमा जति तीव्र गतिमा मृत्युदण्डको सजाय दिइन्थ्यो, जसले यो सामान्य जस्तै लाग्दै थियो।’

यसको मतलब यो पनि होइन कि मिशेलले आफ्नो कामलार्इ एकदमै सामान्य रूपमा लिएन् भन्ने। जब उनी सन् २००१ मा टेक्ससको आपराधिक न्याय विभागसँग जोडिइन्, उनको काम अझै कष्टकर बन्यो।

त्यसपछि उनले केवल ‘हंट्सविल’का मनिसलार्इ मात्रै नभइ पूरै अमेरिका र विश्वलार्इ फाँसी दिने कोठामा के-के हुन्छ भन्ने विषयमा बताउन थालिन्। विगतका पलहरूलार्इ स्मरण गर्दै उनी भन्छिन्, ‘दोषी चिर निद्रामा निदाउँदै गर्दा उनका परिवारका लागि सबैभन्दा ठूलो दुःखद् कुरा हुन्थ्यो।’

दोषीलार्इ एउटा इलेक्ट्रिकल कुर्चीमा सुताएर बिषयुक्त इन्जेक्सन दिएर चिर निद्रामा पुर्‍याइन्थ्यो।

Leave a Reply