योग गुरु रामदेव एक पत्रकारले तेलको मूल्यबारे सोधेको प्रश्नमा आक्रोशित हुँदै धम्की दिएका छन् । यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
योग गुरु रामदेव हरियाणाको कर्नालमा एक कार्यक्रममा मुद्रास्फीतिबारे बोल्दै थिए, त्यति नै बेला एक पत्रकारले उनको पुरानो भनाइलाई आधार बनाएर प्रश्न सोधेका थिए ।
रामदेवले युपीए–२ सरकारको समयमा एउटा वक्तव्य दिएका थिए, जसमा उनले देशमा पेट्रोल प्रतिलिटर ४० रुपैयाँ र ग्यास सिलिन्डर ३ सय रुपैयाँ हुनुपर्ने बताएका थिए । यो भनाइमाथि प्रश्न गरेपछि रामदेव पत्रकारमाथि आक्रोशित भएका हुन् ।
रामदेवले के भने ?
रामदेवले मुद्रास्फीतिबारे बोल्दै मानिसहरूलाई कडा मेहनत गर्न सल्लाह दिइरहेका थिए।
‘सरकारले तेलको भाउ कम भयो भने क उठ्दैन भनेको छ, कर नउठे देश कसरी चल्छ र सेनालाई कसरी पैसा दिने, सडक-विमानस्थल कसरी बनाउने । दुवै पक्ष छन्’ उनले भने, ‘महँगी कम गर्नु छ भने अझै धेरै मिहिनेत गर्नुपर्छ । म संन्यासी भएर पनि बिहान ४ बजेदेखि राति १० बजेसम्म काम गर्छु ।’
यसपछि एक पत्रकारले उनलाई उनको पुरानो भनाइमा प्रश्न गरे । जसमा उनले भनेका थिए कि देशका युवाले ४० रुपैयाँको पेट्रोल र ३ सय रुपैयाँको सिलिन्डर दिने सरकार चाहन्छन् ।
यो प्रश्नमा योग गुरु रामदेव आक्रोशित भएका हुन् । सुरुमा उनले पत्रकारको प्रश्नको जवाफ दिएनन् र त्यसपछि पत्रकारको बारम्बार प्रश्न सोधेपछि पत्रकारलाई सम्य बन्न भनेका थिए । उनले सो प्रश्नको उत्तर दिन आवश्यक नभएको पनि बताए । यो घटनाको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
2014 से पहले बाबा रामदेव जोर शोर से भाजपा के लिए प्रचार करते थे। भाजपा को वोट देने और ₹40 प्रति लीटर पेट्रोल पाने का वादा करते थे। आज पेट्रोल 100के पार है। पत्रकार ने जब सवाल किया तो पत्रकार को धमकी देने लगे। शर्मनाक। आइए बाबा के सभी प्रोडेक्ट का बहिष्कार करें। #BoycottPatanjali pic.twitter.com/FzfZ41Xg9P
— Hansraj Meena (@HansrajMeena) March 30, 2022