कोरोना भाइरस संक्रमणको पहिचानका लागि सिंगापुरमा नयाँ परीक्षण विधि प्रयोगमा ल्याइएको छ । यहाँ कोरोना परीक्षणका लागि अब ‘ब्रिथ’ अर्थात् स्वासको परीक्षण गरिने छ । यहाँको सरकारले यसको प्रयोगका लागि अनुमति पनि दिइसकेको छ । यो प्रविधिको सफ्टोवर सिंगापुर नेशनल युनिभर्सिटीले विकास गरेको हो । यसले ६० सेकन्डमा रिपोर्ट दिने दाबी गरिएको छ ।
मलेसियाबाट यात्रीहरू सिंगापुरमा पश्चिम भागस्थित तुआस चेकपोस्टबाट प्रवेश गर्छन् । यहाँ परीक्षणका लागि यो विधि अनिवार्य गर्ने बताएको छ । यदि यो विधिबाट परीक्षण गरिएका व्यक्तिमा पोजिटिभ रिपोर्ट आयो भने यसको पुष्टिका लागि फेरि पीसीआर परीक्षण गरिने छ ।
यद्यपि यहाँको सरकारले अहिले सबै यात्रीहरूको एन्टिजेन र्यापिड टेस्ट गर्दै आएको छ । साथै ब्रिथ टेस्ट पनि जारी छ । यता, यो विधिको विकासलाई सकारात्मक रूपमा लिँदै विज्ञहरूले परीक्षणको गति बढाउँदा कोरोनाबाट तहसनहस भएको पर्यटन उद्योगलाई फाइदा हुने बताएका छन् ।
@MBRUniversity, @DHA_Dubai and Breathonix Pte Ltd are jointly carrying out a trial to assess the accuracy of an easy-to-use breath test to detect COVID-19 within one minute.https://t.co/ClUFIP2Qdv pic.twitter.com/NpY5UfQ2Re
— Breathonix (@breathonix) March 13, 2021
ब्रिथोनिक्स वा ब्रीथ टेस्ट ब्रिथेलाइजरजस्तै रहेको हो, जुन प्रहरीले मदिरा सेवन गरेर नगरेको परीक्षण गर्नका लागि गाडीमा साथमा लिएर हिँड्छन् । मदिरा पिए/नपिएको पहिचान गर्नजस्तै यसको परीक्षण गर्दा पनि मानिसहरूले यसको भल्वमा सास फुक्नुपर्छ । मसिनको सफ्टवेयरले सासलाई संक्रमित व्यक्ति (पोजिटिव)को साससँग मिलाउँछ र त्यसको तुलना गरेर केही एक मिनेटमा रिपोर्ट दिन्छ ।
ब्रिथोनिक्सले विकास गरेको यो टेस्टमा ९० प्रतिशत प्रभाकारी रहेको दाबी गरिएको छ । हालै पीसीआर गरिएका १६० जनामा यसको परीक्षण गर्दा ९० प्रतिशत प्रभावकारी देखिएको इमरजेन्सी लाइभ डट्कमले उल्लेख गरेको छ । यसको प्रयोग भीडभाड हुने क्षेत्रहरू जस्तो विमानस्थित बनदरगाह बसपार्क तथा खेलकुद प्रतियोगितामा कोरोना परीक्षण गर्दा उपयुक्त हुने विश्वास यसको विकास गरेको संस्था ब्रिथोनिक्सले लिएको छ ।
साथै यसको क्लिनिकल ट्रायलका लागि खाडी मुलक दुबईले पनि सहमति दिएको छ । मोहमद बिन रशिम युनिभर्सिटी अफ मेडिसिन एन्ड हेल्ड साइन्स (MBRU), दुबई सरकारको स्वास्थ्य मन्त्रालय र ब्रिथोनिक्स प्रभाइभेट लिमिटेले संयुक्त रूपमा क्लिनिकल ट्रायल गरिरहेका छन् । ट्रायल स्वास्थ्य मन्त्रालयको नाद अल हमर प्राइमरी हेल्थ केयर सेन्टरमा २ हजार ५ सय बिरामीमाथि भइरहको ब्रिथोनिक्सले जनाएको छ ।
تجارب سريرية لاختبار التنفس السريع للكشف عن مرض كوفيد-١٩ خلال ٦٠ ثانية #علوم_الدار
تقرير: ناصر الرميثي pic.twitter.com/3whckxQR9l— عـ لـ و م ا لـ د ا ر (@oloumaldar) March 20, 2021