थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजारभन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा बसेको जनाएको छ।
विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० हजार ६२० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशहरूमा फसेका छन्।
विभागका महानिर्देशक चायाफोल थितिसकले बाढी पहिरोबाट ३२ प्रदेश प्रभावित भएको पत्रकार सम्मेलनमा जानकारी दिए।
ती प्रदेशहरूमा ‘पोडुल’ र ‘काजिकी’ नामक आँधीले दक्षिण पश्चिम क्षेत्रमा बर्षाले असर पारेको उनले बताए।
गत अगस्त २९ देखि अहिलेसम्मको यो प्राकृतिक प्रकोपका कारण अहिलेसम्म ३४ जनाको मृत्यु भइसकेको पनि उनले जानकारी दिए।
महानिर्देशक थितिसकले बाढी, पहिरो, अत्यधिक वर्षालगायतले उत्पन्न गरेको समस्याबाट देशभरका १८२ जिल्ला र ७१ सय १५ गाउँहरू प्रभावित भएको बताए। उनीहरू प्राय उत्तरपूर्वी, उत्तरी र पूर्वी क्षेत्रका रहेका छन्।
“यो आँधी र बर्षाले ४ लाख १८ हजार ५ सय ४९ घरहरू प्रभावित भएका छन् भने ३४ जनाको मृत्यु भएको छ र अरु कैयौँ घाइते भएका छन्,” उनले भने।
बाढी, पहिरो, बर्षा लगायतका प्रकोपबाट प्रभावितहरूलाई खोजी तथा उद्धार र सहयोगका लागि सरकारी सेना र स्थानीय अधिकारी तथा स्वयमसेवकहरूलाई परिचालन गरिएको उनको भनाइ छ ।
बाढीका कारण फसेका २० हजार ६ सय २० जना यसोथोन, उबोन रात्चाथानी, रोइ इत र सिसा केटलगायतका प्रान्तहरूमा फसेका हुन् ।
राज्यका निकायहरूले बाढी पीडितहरूलाई सघाइरहेका छन्, उनीहरूले फसेकाहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन् ।
बाढीका कारण डुवान परेको क्षेत्रमा पानी थाल्ने पम्पहरू पनि जडान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
बाढीका कारण फसेकाहरूलाई खाना, पिउने पानी लगायतका अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको उनीहरूको बताएका छन् ।