एलियन हुन्छन् कि हुँदैनन्? छन भने उनीहरूको नियत कस्तो छ? के उनीहरू पृथ्वीमा आफ्नो कब्जा जमाउन चाहन्छन्? अझ उनीहरूको मन कस्तो होला? वा यो सबै कुन कथा कहानीको पात्रमात्रै हुन्? यस्तो खाले प्रश्न तब उब्जिए जब स्पेसको निगरानी गरिरहेको एक सिद्धान्तवादीले पृथ्वीको नजिक सात युएफओहरू घुमिरहेको दाबी गरे।

ती वैज्ञानिकका अनुसार यी युएफओमा सवार एलियनले मानवसँग मित्रता गाँस्न चाहन्छन्। यी संदिग्ध स्पेसक्राफ्ट इन्टरनेश्नल स्पेस सेन्टरको एक लाइभ स्ट्रिमिङ भिडियोका क्रममा देखिएका थिए। यो सबै घटनाक्रमलाई हेरेर वैज्ञानिकहरूले दाबी गरेका छन कि अबका १५ वर्षमा मानिस र एलियनबीच आमनासामना हुनेछ।

युएफओलाई ट्रयाक गर्ने यी अज्ञात वैज्ञानिकले अंग्रेजी वेबसाइट डेली स्टारसँग भने, ‘एलिन पृथ्वीमा आइपुगेका छन। उनीहरूले छिट्टै हामीहरूसँग भेटघाट गर्ने छन्।’ आफूलाई ग्राहम भनेले पुकार्ने यी वैज्ञानिकका अनुसार एलियनको उपस्थिति संसारभर बढिरहेको छ। हामीहरूमाथि निगरानी गरिँदै छ।

उनले हामीलाई निगरानी गरिरहेका एलियनले एक छिमलमा हाम्रो छुट्टी गरिदिन सक्ने बताए। हामी अहिलेसम्म जिउँदै छौँ यसको मतलब उनीहरू हामीलाई बर्बाद गर्न नभइ हामीलाई मद्दत गर्न आएको उनको भनाइ छ। ग्राहम नामका यी वैज्ञानिकलाई यी एलियनसँग यति धेरै लगाव छ कि उनी एलियनले हामीलाई अन्य दुस्मनबाट पनि बचाएको बताउँछन्।

यद्यपि ग्राहमको तर्कमा कतिपय वैज्ञानिक सहमत छैनन्। कतिपय वैज्ञानिकहरूले लाइभ स्ट्रिमिङमा देखिएको अज्ञात वस्तु युएफओ नै थियो भन्नेमा शंका व्यक्त गर्छन्। कतिपयले लाइभ स्ट्रिमिङमा देखिएको वस्तु चिनियाँ स्पेश स्टेशन नियांयोंगको टुक्रा हुन सक्ने आशंका व्यक्त गरेका छन्। चिनियाँ स्पेश स्टेशनको एक टुक्रा हालैका दिनमा दक्षिणी प्रशान्तमा खसेको थियो।

यसबाहेक अन्य धेरै कारणले स्पेश स्टेशनको फुटेजमा अज्ञाच चिज देखिएको हुनसक्ने कतिपयको तर्क छ। जस्तै चट्याङको चम्काइ, कुनैपनि प्रकारको उज्यालो चमक, वा स्पेश स्टेनशको झ्यालको छायाँ पनि हुन सक्ने छन्।

अगाडि बढ्नुभन्दा पहिला तपाईंहरूलाई भनिदिउँकी इन्टरनेशनल स्पेश स्टेशनमा १० हजार करोड डलरको अत्याधुनिक साइन्स र इन्जिनियरिङ ल्याब छ जसले ४०० किलोमिटर माथिबाट पृथ्वीलाई चक्कर लगाउँछ। नोबेम्बर २००० देखि यहाँ अलग अलग अन्तरिक्षयात्री यहाँ बस्दै आएका छन्। अहिले यो स्टेशनमा दुई रुसी, तीन अमेरिकी र एक जापानी अन्तरियक्षयात्रीको घर हो।

यहाँ हुन रिसर्च प्रया कम ग्राविटी र कम अक्सिजन जस्ता असामान्य अवस्थामा गरिन्छ। इन्टरनेशनल स्पेश स्टेशनमा स्पेश मेडिसिन, जीव विज्ञान, मानव शोध, अन्तरिक्ष शोध जस्ता कैयौँ प्रकारको परीक्षण गरिन्छ। अमेरिकि स्पेस एजेन्सी नासाले हरेक वर्ष स्पेस स्टेशन प्रोग्राममा करिब ३०० करोड डलर खर्च गर्दछ।

जहाँसम्म मानिस र एलियनको कुरा आउँछ, अमेरिकामा गरिएको एउटा सोधले उनीहरूसँग हामीले पनि मित्रता गर्नु पर्दछ। शोधमा प्रतिभागीहरूले एलियनसँग जोडिएको काल्पनिक खबरका बारेमा बताएका थिए। यसैकारण एलियन भएको बताइएको थियो।

Leave a Reply