यदि तपाईंको अफिस चारैतर्फबाट बन्द छ र त्यहाँ प्राकृतिक हावा आउँदैन भने यो कुरा तपाईंलाई चिन्ताको विषय बन्न सक्छ।
हालै गरिएको एक अनुसन्धानले अफिसमा प्राकृतिक हावा नहुँदा कर्मचारीहरूको स्वास्थ्यमा गम्भीर समस्या देखिने पत्ता लागेको छ।
विशेषतः उनीहरूमा मस्तिस्कमा समस्या देखिने अनुसन्धानमा पत्ता लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम न्युयोर्क टाइमले समाचार लेखेको छ।
अफिसमा भेन्टिलेसन अर्थात् हावा आउजाउ गर्न ठाउँ छैन भने कार्बन डाइअक्साइडको स्तर बढ्ने र जसका कारणमा दिमागमा नराम्रो असर पर्ने उक्त अध्ययनबाट पत्ता लागेको हो।
न्युयोर्क टाइमले एक अध्ययनको प्रतिवेदना उल्लेक गरेको भनाइ उद्धृत् गर्दै ‘मानिस यस्तो वातावरणमा बस्न सक्छ जहाँ अक्सिजनको मात्रा प्रचुर हुन्छ, ता कि हामी सजिलैसँग स्वासप्रस्वास गर्न सकौँ’ लेखेको छ।
कार्बन डाइअक्साइड जुन हामीले सास फेर्दा बाहिर निस्किन्छ यसले हाम्रो शरीरका लागि नोक्सानदायी हुन्छ। कोठामा कम स्तरको कार्बन डाइअक्साइड स्वासप्रस्वासमा समस्या उत्पन्न गर्न सक्छ।
यसले मस्तिस्कमा पुग्ने अक्सिजनको मात्रालाई पनि बाधा उत्पन्न गराउन सक्ने अनुसन्धानका क्रममा खुलासा भएको छ।
सोही रिपोर्टका अनुसार शरीरका भित्र अंगमा अक्सिजनकव मात्रा कम पुग्दा हाम्रो मस्तिस्कको काम गर्ने क्षमतामा ह्रास ल्याउन सक्छ। इन्भारोमेन्टल प्रोटेक्सन एजेन्सीका अनुसार बन्द कोठामा पनि प्रदूषणको मात्र २ देखि ५ गुणासम्म बढ्न सक्छ।
यो प्रदूषण मुटु र कलेजोसम्बन्धी रोग लाग्ने खतरा बढाउन सक्छ। साथै यसको कारण समयभन्दा पहिला मृत्यु पनि हुन सक्छ।