• चन्द्रमामा पहिलोपटक अनियन्त्रित रकेट टोक्किने
  • मिसन पूरा गरेपछि सात वर्षअघि रकेटलाई उच्च कक्षमा खसालिएको थियो

एलोन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेसएक्सले प्रक्षेपण गरेको रकेट चन्द्रमामा ठोक्किएपछि विस्फोट हुन लागेको छ ।

फाल्कन ९ बुस्टर नामको यो रकेट सन् २०१५ मा प्रक्षेपण गरिएको थियो । तर, यसले मिसन पूरा गर्न सकेन । पृथ्वीमा फर्कन पर्याप्त इन्धन नभएपछि यो अन्तरिक्षमा नै रह्यो ।

खगोलविद् जोनाथन म्याकडोवेलले बीबीसीलाई आफूलाई थाहा भएअनुसार चन्द्रमामा पहिलोपटक अनियन्त्रित रकेट टोक्किने बताए । तर, यसको प्रभाव भने निकै कम हुन उनको भनाइ छ ।

एक लाख माइलको यात्रा तय गरे अन्तरिक्षमा मौसम उपग्रह पठाउने मिसन पूरा गरेपछि सात वर्षअघि रकेटलाई उच्च कक्षमा खसालिएको थियो ।

यो एलोन मस्कको अन्तरिक्ष अन्वेषण कार्यक्रम स्पेस-एक्स को एक हिस्सा थियो । स्पेसएक्स एक निजी कम्पनी हो जसले अन्य ग्रहहरूमा मानिस बस्ने सम्भावनाबारे अध्ययन गर्छ ।

अमेरिकाको हार्वर्ड-स्मिथसोनियन सेन्टरका एस्ट्रोफिजिक्सका प्रोफेसर म्याकडोवेल भन्छन्, ‘सन् २०१५ पछि पृथ्वी, चन्द्रमा र सूर्यको गुरुत्वाकर्षणले यो रकेटलाई तान्न थाल्यो, जसले गर्दा यसले आफ्नो बाटो गुमाएको थियो ।’

उनले अहिले यो चन्द्रमाको गुरुत्वाकर्षणको दिशामा तानिर ठोक्किन लागेको बताए । उनका अनुसार यो अन्तरिक्षमा रहेको लाखौं टुक्रा फोहोरको अंश पनि बन्यो ।

प्रोफेसर म्याकडोवेलले भने, ‘विगतका दशकमा हामीले अन्तरिक्षमा लगभग ५० वटा ठूला वस्तुहरू गुमायौं । यस्तो भिडन्त पहिले पनि भएको हुनुपर्छ, तर हामीलाई थाहा थिएन । पुष्टि हुने यो पहिलो घटना हो ।’

उनका अनुसार फाल्कोन ९ बुस्टर चार टनको मेटल ट्याङ्की हो जसको पछाडि रकेट इन्जिन छ । यदि यो ५ हजार माइल प्रतिघण्टाको गतिमा चट्टानसँग ठोक्कियो भने, त्यहाँ केही क्षति हुनेछ ।

Leave a Reply