काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले सबै नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गर्ने प्रक्रिया सुरु गरिएको बताएका छन्।
उपप्रधानमन्त्री यादवले देशका सबै वडा–वडामा निःशुल्क स्वास्थ्य उपचारका लागि एकैसाथ १ हजार २ सय वटा स्वास्थ्य चौकी स्थापनाका लागि आवश्यक बजेटको व्यवस्था गरी स्थानीय सरकारलाई उपलब्ध गराइएको पनि जानकारी दिए। बिहीबार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सिंहदरबारमा बसेको बैठकमा उनले स्वास्थ्य सेवाको स्तरोन्नतिको लागि पाँच वटा अस्पतालहरूबाट विशिष्ट खालको सेवा उपलब्ध गराउने निर्णय पनि गरिएको बताए।
उपप्रधानमन्त्री यादवले हरेक नगरपालिकामा एक–एक वटा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने योजना पनि अघि सारे।

खबरगृह डट्कम समाचारहरूका विषयमा जानकारी दिने प्रोटल हो।