काठमाडौं : नेपाल प्रहरीका ५० प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ। महानिरीक्षकको शुक्रबारको निर्णयअनुसार ५० एसपीको सरुवा भएको प्रहरी प्रधानकार्यालय, मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ।
भदौ महिनादेखिको तलव भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरूको सरुवा भएको विभागले जनाएको छ।