काठमाडौं : देशभरी आइतबार वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभरि आंशिक बदली रही केही पहाडी भू–भागमा र पूर्वी तराईमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

अपराह्नपछि मेघ गर्जन, हावाहुरीसहितको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

यस्तै राति, देशका अधिकांश स्थानहरूमा आंशिक बदली रही मध्य तथा पुर्वी भू–भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरीसहित वर्षाको सम्भावना छ।

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :


जेष्ठ १९  गते (आइतबार):

दिउँसो: देशैभरि आंशिकदेखि सामान्य वदली रही केहि पहाडी भू-भागहरूमा र पूर्वी तराईमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरी सहित वर्षाको सम्भावना छ।

जेष्ठ २०  गते (सोमबार):

दिउँसो: देशैभरि आंशिकदेखि सामान्य वदली रही  देशको पश्चिमी भू-भागका  केहि स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका पहाडी भू-भागमा आंशिक देखि  सामान्य वदली रही बाँकी भूभागमा आंशिक बदली रहने देखिन्छ ।

जेष्ठ २१  गते (मंगलबार):

दिउँसो: देशैभरि आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु-भागका थोरै स्थानहरुमा र मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति: देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही मध्य तथा पुर्वी भु-भागका केही स्थानहरुमा मेघ गर्जन हावा हुरीसहित वर्षाको सम्भावना छ।

Leave a Reply