नेपालमा वैदेशिक रोजगारमा जाने क्रम बढेको छ। पछिल्लो समय दक्षिण कोरिया, जापान लगायतका मध्यम देशहरूले पनि नेपालबाट कामदार लैजादै छन्। यसले गर्दा वैदेशिक रोजगारमा थप आकर्षण थपेको छ। कतिपय देशले भाषालाई अनिवार्य गरेका छन् भने कतिपय देशमा भाषा नसिकि नै जान सकिन्छ। खास गरी कोरिया र अब खुल्ने क्रमा रहेको जापानले भाषालाई प्राथमिकतामा राखेका छन्।

वैदेशिक रोजगारमा जानुअघि त्यस देशको भाषाको ज्ञान भयो भने धेरै सजिलो हुन्छ। अलिकता ध्यान दिएर थोरै समय दिने हो भने विदेशी भाषा सजिलै सिक्न सकिन्छ। वैदेशिक रोजगारमा जानेले अंग्रेजी वा जुन देशमा जाने हो त्यो देशको भाषाको राम्रो दखल राख्यो भने काम गर्न धेरै सजिलो हुन्छ। कतिपय मुलुकमा त भाषा परीक्षा पास नगरी वैदेशिक रोजगारमा जान पनि पाइदैन। कुनै पनि नयाँ भाषा सिक्न निम्न कुरामा ध्यान दिनुपर्छ।

भाषाको कक्षा लिने

अंग्रेजी, कोरियन, जापानिजलगायत भाषा सिकाउने विभिन्न संस्थाहरूबाट कक्षा लिन सकिन्छ । अहिले बजारमा धेरै भाषा कक्षाहरू सञ्चानमा छन्। ती भाषा कक्षाबाट आफूले सक्न मन लागेको भाषा सिक्न सकिन्छ। पाएक पर्ने ठाउँ रोजेर सिक्दा पनि हुन्छ। विदेश जानु अगाडि कुन देश जाने हो त्यस देशको लागि चाहिने भाषाको तयारी क्लास लिएरै तयारी गर्‍यो भने धेरै सजिलो हुन्छ । विदेशबाट फर्किएका मानिसहरूसँग कुराकानी गरेर पनि सिक्न सकिन्छ ।

रचनात्मक तरिका

रचनात्मक तरिकाले नयाँ भाषा सिक्दा छिटै सिक्न सकिन्छ। जस्तै : हत्त्वपूर्ण शब्दहरूको उल्था गरेर कोठामा आफूले देख्ने ठाउँमा कागजमा लेखेर टास्ने, घर/परिवार, वा साथीहरूसँग कुरा गर्दा सिक्दै गरेको भाषामा कुरा गर्ने बानी गर्ने, भाषा भनेको जति प्रयोग गर्‍यो उति धेरै आउँदै जान्छ । त्यो भाषासम्बन्धी किताबहरू लिएर साथमा राख्ने र फुर्सदमा पढ्ने गर्ने, आफूभन्दा जान्नेसँग कुरा गर्ने गर्नाले भाषा छिट्टै र सजिलै सिक्न सकिन्छ।

तपाईँ अंग्रेजी भाषा सिक्दै हो भने आफूभन्दा अंग्रेजीमा जान्ने मान्छेसँग कुरा गर्ने । यसो गर्दा आफूले बोल्दा नमिलेको ठाउँमा जान्ने मान्छेले सिकाइदिन सक्छन्। अरूले केही भन्ला कि, मेरो गल्ती भयो भने गिज्याउने पो हुन कि, भनेर सोच्यो, लाज मान्यो भने भाषा सिक्न सकिन्न त्यसैले धेरैभन्दा धेरै, बोल्ने बानी गर्नुपर्छ।

प्रविधिको प्रयोग

भाषा सिक्न इन्टरनेटको प्रविधी प्रयोग गरेर विभिन्न वेबसाइटहरूबाट भाषा सिक्न सकिन्छ। अचेल त भाषा सिक्नको लागि आफ्नो मोबाइलमा विभिन्न एपहरू राखेर रचनात्मक तरिकाले भाषा सिक्न पनि सकिन्छ। मोबाइलको गुगल प्ले स्टोरमा गएर आफूलाई चाहिएको भाषा टाइप गरेर मोबाइल एपहरू डाउनलोड गर्न सकिन्छ। विभिन्न भाषाको महत्वपूर्ण शब्दहरू सिक्न यो वेबसाइटमा जान पनि सकिन्छ।

श्रोत : भाषा कसरी सिक्ने भनेर जानकारी दिने विभिन्न वेबसाइटहरू

Leave a Reply