काठमाडौं : सोमबार देशका पूर्वी भूभागलगायत अन्य पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशका पूर्वी भूभाग र अन्य पहाडी भेगका एक दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, रातिको समयमा देशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने देखिएको भन्दै महाशाखाले देशका पूर्वी पहाडी भेगका एक दुई स्थानहरुमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको जनाएको छ।