हाम्रा लागि अत्यन्त महत्वपूर्ण अंग हो, आँखा । तर, उमेर बढ्दै जाँदा वा अरु विविध कारणले आँखाको शक्ति कम हुँदै जान सक्छ । कम्प्युटर, ल्यापटप तथा मोबाइलको अत्यधिक प्रयोगले पनि आँखाको समस्या बढ्न सक्छ । यसका लागि हामी आफैं सजग हुनुपर्छ । हाम्रो आँखालाई बलियो बनाउन केही खानेकुराहरु निकै फाइदाजनक हुनसक्छन् । बेलायतमा केही अघि गरिएको अनुसन्धानले यी खानेकुरा खाँदा आँखाको दृष्टिको समस्या हटाउन सकिने जनाएको छः

१. माछा

माछा ओमेगा–३ फ्याटी एसिडको राम्रो स्रोत हो । माछामा पाइने तेल आँखाका लागि निकै फाइदाजनक हुन्छ । साल्मोन, टुना, म्याकरेल, ट्राउट, साड्रिनेस र हेरिङ नामक जातका माछा दृष्टिका लागि बढी उपयोगी हुन्छन् । कम्प्युटरमा काम गर्दा आँखा सुक्खा हुने समस्याका लागि पनि माछा खान उपयोगी हुन्छ ।

२. आलु

आलुमा बिटाक्यारोटिन, एन्टिअक्सिडेन्ट र भिटामिन ई पाइने भएकाले दृष्टिका लागि लाभदायी मानिन्छ ।

३. बदाम

विभिन्न बदामहरुमा भिटामिन ई उच्च मात्रामा पाइन्छ । साथै, ओमेगा–३ फ्याटी एसिड पनि प्रशस्त मात्रामा पाइने भएकाले आँखासँग सम्बन्धित क्षतिबाट जोगाउँछ । ओखर, काजु, किसमिस, बदाम, दाल तथा गेडागुडी दृष्टि बढाउन सहयोगी हुन्छन् ।

४. अमिला फलफूल

अमिला फलमा भिटामिन सी पाइन्छ । जसले उमेरसँगै आँखामा बढ्दै जाने समस्याबाट टाढा रहन मद्दत गर्छन् । सुन्तला, अंगुर र कागती आदि यसमा मुख्य स्रोत हुन् ।

५. सागसब्जी

पालुंगो, रायो, कोभी र बन्दाकोभीजस्ता हरिया सागपातमा जेक्ज्यान्थिन र लुटेइनजस्ता पौष्टिक तत्व पाइन्छ । त्यसैले, यिनको सेवनले आँखाको दृष्टि तेजिलो बन्छ ।

६. गाँजर

गाँजरमा भिटामिन ए र बिटाक्यानिन पाइन्छ । भिटामिन एले रोडोप्सिन नामक प्रोटिन बनाउँछ । जसले आँखाको रेटिना स्वस्थ राख्न मद्दत गर्छ ।

७. अन्डा

अन्डा भिटामिन सी र ईको राम्रो स्रोत हो । त्यस्तै, यसमा जेक्ज्यान्थिन र लुटेइन नामक तत्व  पाइन्छन्, जसले आँखामा आउने कमजोरी न्यूनीकरण गर्छन् ।

Leave a Reply