सरु पौडेल, ब्युटिसियन


स्वास्थ्य मानिसको छाला कान्तिमय चम्किलो तथा कमनिय हुन्छ, तर विभिन्न कारणले छालामा त्यसको असर परिरहेको हुन्छ, तपाईंको छालाको टेक्सचर तपाईं बस्ने वातावरण तपाईंको खानपान तथा रहनसहनमा निर्भर पर्दछ। तसर्थ, छालाको प्रकार हेरेर त्यसको घरेलु उपचार गनुपर्दछ।

सामान्यतया छालालाई ओइली डई कमिनेशन र नर्मल गरी चार प्रकारका हुन्छन्। तर, जाडोमा डइ स्कीन मात्र सुख्खा नभई सबै प्रकारका छाला सुख्खा हुनेगर्दछ।

धेरै फुट्ने र सुख्खा हुने भाग गाला र हातगोडा पर्छन्। यीबाहेक ओठ पनि ज्यादा फुट्ने गर्छ। फुट्नु वा सुख्खा हुनुको कारण पानीको कमी हो। यसरी घरमै बनाएर छालालाई सुन्दर बनाउन सकिन्छ, जस्तै घरमै उपलब्ध सामग्रीलाई प्रयोग गर्ने उपाय

एक चम्चा बेसन एक चम्चा कागती हाफ चम्चा बेसार र काँचो दूध मिलाएर यसलाई अनुहारमा लगाएर १५/२० रहन दिनुहोस र सुकेपछि सफा पानीले अनुहार धुनुहोस। छालाको सुख्खापन हराउँदै जान्छ।

आधा चम्चा मूलाको रस आधा, चम्चा गोलभेडाको रस, आधा चम्चा गुलाबजललाई मिसाउने र ४/५ थोपा कागतीको रस, बेसारको धुलो मिसाएर पेष्ट बनाउने र मस्टराइजरको रूपमा साझ सुत्नु अगाडि लगाउने। यसले छालालाई नरम र चम्किलो बनाउछ।

चिल्लो छालाको लागि एउटा अण्डाको सेतो भाग, एक चम्चा काँचो दूध, आधा चम्चा कागतीको रस, काँक्रोको रस, एक चम्चा र एक चम्चा चामलको पिठो वा जौको पिठो मिसाएर २० मिनेट दिनहुँ लगायो भने चिल्लोपना हराउँदै जान्छ र छाला चम्किले देखिन्छ।

यसरी जाडो याममा छालालाई नियमित रूपमा हेरविचार गनालो तपाईं सधैँ स्मार्ट देखिनुहुने छ।

Leave a Reply