विस्तार आफूले गरेका कामहरू बिर्सिँदै जाने रोग हो अल्जाइमर। मानिसको नाम, उसको परिचय र आफ्नो रुटिनका कैयन कुरा याद हुँदैन। यस्तो रोगका कारण निर्णय लिने क्षमता प्रभावित हुन्छ। साथै व्यक्तिलाई कुरा गर्न पनि समस्या हुन्छ।

यी सबै घटनाका बाबजुत मानिसले एउटा कुरा भुल्दैन त्यो हो यौन सम्बन्ध। आउनुहोस जानौँ यस रोगका बिरामीले अरू सबै कुरा बिर्सिए पनि यौन सम्बन्धका बारेमा किन बिर्सिँदैन। New England Journal of Medicine मा छापिएको एउटा शोधले उक्त कुरा पुष्टि गरेको हो।


उक्त शोधमा ५७ देखि ८५ वर्षसम्मका ३ हजारभन्दा धेरै व्यक्तिहरूको गतिविधिको अध्ययन गरिएको थियो। अध्ययनका क्रममा यौन सम्बन्धका क्रममा अल्जाइमर बिरामीलाई धेरै किसिमका समस्याको सामना गर्नु पत्ता लागेको थियो। यौन सम्बन्धका क्रममा यस्ता बिरामीमा एक्साइटमेन्टको कमी चरम उत्कर्षमा समस्यालगायतका समस्या देखिएको थियो।

यी सब घटनाका बाबजुद पनि यौन सम्बन्धका तरिकाबारे उनीहरूलाई पूरा जानकारी थियो। अध्ययनका क्रममा बिरामीले जुनसुकै उमेरसम्म यौन सम्बन्धको तरिकाहरू याद राख्न सक्षम हुने पनि खुलासा भएको छ। धेरै प्रकारका समस्या आउँदा पनि मानिस यौन सम्बन्धको आवश्यकता महसस गर्न सक्छ।


यसको कारण, यौन सम्बन्ध आफैँमा प्राकृतिक घटना हुनु हो। कुनै पनि व्यक्तिले यौन सम्बन्ध स्थापित गर्नु भनेको उसको उपस्थिति जनाउनु हो। यसलाई सिकाउन पनि आवश्यकता हुँदैन। यसै कारणले यसलाई बिर्सनुको कुनै कारण हुँदैन। शरीरका अन्य क्रिया सास लिने, खाना खानेजस्तै यौन सम्बन्ध पनि यसमा समावेश छ।

Leave a Reply