हाम्रा शरीरभित्र विभिन्न परजीवि हुन्छन् । ती परजीविले हाम्रो शरीरको पोषण तत्त्व सोसेर खाइदिइरहेको हुन्छन् । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुरा पनि पाइन्छन् । आउनोस्, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराबारे जानौँ ।

बेसार

बेसारलाई चमत्कारी खानकुरा मानिन्छ । बेसारले शरीरभित्र रहेका जुकालगायत अन्य विभिन्न परजीविलाई मारेर शरीरबाट बाहिर निस्कासन गर्न मद्दत गर्छ ।

ल्वाङ

ल्वाङमा कार्योफिलिन पाइन्छ । रगतमा ल्वाङमा पाइने त्यो तत्व मिसिएपछि शरीरभित्र रहेका परजीवि, तिनका अण्डा र लार्भालाई मारिदिन्छ ।

लसुन

ताजा लसुनमा एलिसिन तत्त्व पाइन्छ । यो एलिसिन प्राकृतिक रुपमै पाइने त्यस्तो प्रभावशाली एन्टिबायोटिक्स हो, जसले २० किसिमका व्याक्टेरिया, ६० किसिमका ढुसी र केही खतरनाक भाइरसलाई समेत मारिदिन्छ ।

फर्सीको बियाँ

फर्सीको बियामा क्युकुरविटासिन पाइन्छ । यसमा पनि प्रतिजैविक तत्त्व पाइन्छ । त्यसले शरीरमा भएरका परजीवि र तथा तिनका लार्भालाई पक्षघात गराएर निष्क्रिय बनाइदिन्छ ।

मेवाका दाना

मेवाका दानाले शरीरभित्र टेपवर्म र अन्य विभिन्न किसिमका परजीवि एवं जुकालाई मारिदिन्छ ।

अदुवा

शरीरभित्र रहेका जुकालगायतका परजीविलाई मार्नको लागि अदुवा पनि एउटा प्रभावकारी खानेकुा हो । यसले आन्द्राको संक्रमणबाट हामीलाई बचाउँछ र आमाशयमा एसिडको नियमित उत्पादनमा पनि सहयोग पुर्‍याउँछ ।

Leave a Reply