स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले पार्टी प्रवेशका कार्यक्रमलाई तीव्रता दिएका छन् । नेकपा एमालेसहित प्रमुख दलहरू स्थानीय तहमा प्रभाव जमाउन सक्ने नेताहरूलाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियानमा लागेका छन् ।

यसै विषयलाई लिएर कलाकार दीपकराज गिरिले व्यंग्य गरेका छन् । उनले आफ्नो परिवारका सदस्यहरूलाई पनि मूल पार्टीबाट अरू पार्टीमा प्रवेश गराइएको भन्दै व्यंग्य गरेका हुन् ।

उनले‍ कांग्रेस हुँ भन्ने आफ्ना बालाई एक हुल नेता आएर एमाले बनाएको र सूर्यमा भोट हाल्ने आफ्नी श्रीमतीलाई पँधेराबाट आउँदा आउँदै माओवादीमा प्रवेश गराइएको भन्दै कटाक्ष गरेका छन् ।

उनले आफ्नो छोरो घरसम्म आइपुग्दा कांग्रेस बनेर आउला भन्ने डर भएको भन्दै देशको अवस्थाप्रति उनले झटारो हानेका छन् ।

‘बाले कांग्रेस हुँ भन्नुहुन्थ्यो, घरमा एक हुल नेता आएर एमाले बनाइदिएर गएछन् ! सूर्यलाई भोट हाल्ने मेरी बूढी पधेरोबाट आउँदा माओवादी प्रवेश गरिसकिछन् ! उनले फेसबुकमा लेखेका छन्, ‘छोरो अहिलेसम्म घर आको छैन कांग्रेस बनेर आउला भन्ने डर भो ……देशको हालत !’

 

Leave a Reply