बलिउड अभिनेता अमिताभ बच्चनले आफ्नो दिल्लीको घर ‘सोपान’ बेचेका छन् । उनको घर दक्षिण दिल्लीको गुलमोहर पार्कमा थियो । रिपोर्टका अनुसार अमिताभले आफ्नो घर २३ करोडमा बेचेका छन् । यस घरमा अमिताभका दिवंगत आमाबाबु हरिवंश राई बच्चन र तेजी बच्चन बस्थे ।

रिपोर्टका अनुसार अमिताभ बच्चनको यो घर निजोन ग्रुप अफ कम्पनीजकी सीईओ अवनी बदेरले किनेको हो । अवनीले बच्चन परिवारलाई ३५ वर्षभन्दा बढी समयदेखि चिन्छिन् । उनीहरू पनि उनको घर नजिकै बस्छन् । अमिताभको ४१८.०५ स्क्वायर मिटरको घरको रजिस्ट्री ७ डिसेम्बर २०२१ मा अवनीको नाममा गरिएको थियो ।

बिग बी मुम्बई सिफ्ट हुनुअघि यो घरमा आफ्ना आमाबुवासँग बस्थे । जसमा उनले आफ्ना आमाबुवासँगका धेरै सम्झना जोडिएका छन् । भनिन्छ, यो बच्चन परिवारको पहिलो घर पनि थियो । हरिवंश राई बच्चनले सन् १९८० सम्म ‘सोपान’मा आफ्नो कविता सत्र सञ्चालन गरेका थिए । यो बंगला अमिताभकी आमा तेजी बच्चनको नाममा दर्ता भएको थियो ।

अवनी बडेरले भनिन्, ‘यो पुरानो निर्माण हो, त्यसलाई भत्काएर आवश्यकताअनुसार पुनर्निर्माण गर्नेछौं । हामी धेरै वर्षदेखि यही क्षेत्रमा बस्दै आएका छौँ र जग्गाको खोजीमा पनि थियौँ । यो घरको बिक्री हुँदै छ भन्ने थाहा हुनसाथ हामीले तुरुन्तै किन्यौं ।’

दक्षिण दिल्लीका रियल इस्टेट एजेन्ट प्रदीप प्रजापतिले भने, ‘तेजी बच्चन जो एक स्वतन्त्र पत्रकार हुनुहुन्थ्यो । उहाँ गुलमोहर पार्क हाउसिङ सोसाइटीको सदस्य पनि हुनुहुन्थ्यो । अमिताभ मुम्बई आउनुअघि यहाँ बस्नुहुन्थ्यो र पछि उहाँका आमाबाबु पनि यहीँबाट सरेर जानु भयो । वर्षौंदेखि घरमा कोही बसेका थिएन ।’

अमिताभले गत वर्ष मुम्बईको अंधेरी वेस्टको लोखंडवाला रोडमा रहेको एटलान्टिस भवनमा ३१ करोडको डुप्लेक्स किनेका थिए, जुन ५ हजार १८४ वर्ग फिटमा फैलिएको छ । बिग बीले २७ औं र २८ औं तल्लामा रहेको यस डुप्लेक्स अपार्टमेन्टमा ६ वटा कार पार्किङ पनि गरेका छन् । मुम्बईमा अमिताभ बच्चनका ५ वटा बंगला छन् । उनी १० हजार स्क्वायर फिटमा फैलिएको ‘जलसा’मा परिवारसहित बस्छन् ।

दोस्रो बंगला ‘प्रतीक्षा’ हो, जहाँ उनीहरू ‘जलसा’ मा सर्नुअघि बस्थे । वर्षौंदेखि अमिताभ यहाँ आफ्ना अभिभावकसँग बस्दै आएका थिए । अभिषेक र श्वेताको बाल्यकाल पनि यहीँ बित्यो । तेस्रो बंगला ‘जनक’ हो, जहाँ उनको कार्यालय छ । जबकि चौथो बंगला ‘वत्स’ हो । रिपोर्टका अनुसार उनले यो बैंकलाई भाडामा दिएका छन् । यी सबैबाहेक २०१३ मा पनि उनले ‘जलसा’ को ठीक पछाडि ८ हजार स्क्वायर फिटमा फैलिएको बंगला ६० करोड रुपैयाँमा किनेका थिए, जसको नाम उनले ‘अम्मु’ राखेका थिए ।

Leave a Reply