अमेरिकी पप गायक निक जोनस र भारतीय अभिनेत्री प्रियंका चोपडा जोनस आमाबुवा बनेका छन् । प्रियंकाले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएकी हुन् ।
प्रियंकाले शुक्रबार इन्स्टाग्राममा लेखेकी छन्, ‘हामी यो घोषणा गर्न पाउँदा निकै खुसी र उत्साहित छौँ कि सरोगेसीमार्फत हामीले सन्तान प्राप्त गरेका छौँ । परिवारलाई प्राथमिकता दिइएको यो विशेष समयमा हामी गोपनीयताका लागि आग्रह गर्दछौँ ।’
३९ वर्षकी प्रियंका र २९ वर्षका निकबीच सन् २०१८ मा विवाह भएको थियो ।
View this post on Instagram