दक्षिण कोरियाली चलचित्र उद्योगकी चर्चित अभिनेत्री किम मी सूको निधन भएको छ । यो खबर सामाजिक सञ्जालमा भाइरल भएसँगै उनका फ्यानमा शोकको लहर छाएको छ । स्नोड्रप्स फेम किम मी सूले २९ वर्षको उमेरमा संसार छोडेकी हुन् । उनले ५ जनवरीमा अन्तिम सास लिइन् ।

अभिनेत्री किमको मृत्युको कारण भने खुल्न सकेको छैन । उनको एजेन्सीले एक आधिकारिक विज्ञप्ति जारी गर्दै अभिनेत्री किमको मृत्युको पुष्टि गरेको छ । यससँगै एजेन्सीले अभिनेत्रीका परिवार यतिबेला शोकमा परेकाले अभिनेत्रीका फ्यानहरूलाई उनको मृत्युको कारणबारे कुनै पनि गलत खबरमा ध्यान नदिन वा अन्य कुनै पनि अफवाहमा नलाग्न पनि अनुरोध गरेको छ ।

उत्कृष्ट अभिनयका कारण उनी परिचित थिइन् । उनी हाई बाई मामा, द स्कूल नर्स फाइल्स र युमीज सेल प्रोजेक्टमा देखिएकी छन् । यसबाहेक उनी पछिल्लो समय स्नोड्रप्सका कारण पनि चर्चामा थिइन् ।

अभिनेत्रीको यो दक्षिण कोरियाली टिभी सिरिज विवादमा परेको थियो । यो श्रृंखलाले 1980 को दशकमा दक्षिण कोरियामा प्रजातन्त्र समर्थक आन्दोलन र यसको राष्ट्रिय सुरक्षा योजनालाई विकृत गर्नका लागि प्रोत्साहन गरेको कोरियाली इन्टरनेट प्रयोगकर्ताहरूले आरोप लगाएका छन् ।

Leave a Reply