गायिका अन्जु पन्तले नेपाली कलाकारमाथि मानहानी भइरहेको बताएकी छन् । अमेरिकाको न्युयोर्कमा गायक राजेश पायल राईमाथि भएक दुर्व्यवहारलाई लिएर गायिका पन्तले आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो भनेकी हुन् ।
उनले गायक राईमाथि न्यूयोर्कमा भएको आक्रमणको खबरले आफूलाई निक्कै दुःखी बनाएको बताएकी छन् । जो सुकैबाट भएको भए पनि घटना निन्दनीय र खेदपूर्ण रहेको उनले बताइन् ।
‘गायक राजेश पायल राई जो हाम्रा मित्रमाथि न्यूयोर्कमा भएको आक्रमणको खबरले निक्कै दुःखी बनाएको छ । जो सुकैबाट भएको भए पनि यो एक निन्दनीय र खेदपूर्ण छ । हुनत माफी मागेको कुरा आयो तर अब कहिल्यै यस्तो नहोस् किनकि हामी सबै एकै परिवार हौँ त्यसैले एकले अर्कोलाई बुझौँ,’ उनले भनिन् ।
उनले जहाँ कला र कलाकारको सम्मान हुँदैन त्यहाँ एउटा कलाकारले कुन आत्म–सम्मान लिएर बाँच्ने ? भन्दै प्रश्नसमेत गरेकी छन् । कलाकारको चाहना कलाको सम्मान होस् र सधैँ दर्शक श्रोताको माया पाइरहुँ भन्ने हुने उनको भनाइ छ । उनले कलाकारले त्यसैका लागि वर्षौ दुःख गरेर संसारमा देशलाई चिनाउने गरेको बताइन् ।