अन्तत: बलिउडको बहुप्रतिक्षित चलचित्र ‘भारत’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सोमबार सार्वजनिक भएको हो।

ट्रेलरमा नायक सलमान खान नै केन्द्रमा छन्। सलमानको फरकफरक रूपलाई ट्रेलरमा देखाइएको छ। सलमानले यो चलचित्रमा अन्य चलचित्रमा भन्दा फरक गेटअप दिएका छन्।

यो चलचित्रमा सलमानलाई युवादेखि बुढ्यौली अवस्थासम्म देखाइएको छ। चलचित्रले राष्ट्रियताको कथालाई समेत छोएको छ।

अली अब्बास जफर निर्देशित भारतमा सलमानसँगै कट्रिना कैफ, ज्याक्की श्राफ, सुनिल ग्रोवर, दिशा पटानीलगायतका कलाकारको मुख्या भूमिका छ। यो चलचित्र जुन ५ तारिखमा रिलिज हुँदैछ।

इदको मौका छोपेर यो फिल्म रिलिज गर्न लागिएको हो। यसअघि लगातार असफल चलचित्र दिएका सलमान लागि यो चलचित्र विशेष रहने छ।

Leave a Reply