काठमाडौं : प्रेमकथामा ‘शुभ मंगल’ नामक फिल्म निर्माण हुने भएको छ।
अष्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरवीना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदीक्षा पाण्डेलगायतका कलाकारले अभिनय गर्ने भएका छन्।
देउराली फिल्मस्को ब्यानरमा संगम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको फिल्मको सुटिङ नेपाल र अष्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले बताए।
अष्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम, सम्बन्धलगायतका विविध विषयमा निर्माण हुने फिल्मको केही समयपछि औपचारिक रूपमा घोषणा गरिने बताइएको छ।
निर्देशक अधिकारीकै लेखन रहेकोको सुटिङ केही समयपछि थालिने छ। फिल्मका अन्य कलाकार तथा प्राविधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताए।