दिशा पाटनी फोटो शेयरिङ साइट इन्स्टाग्राममा धेरै एक्टिभ देखिन्छिन्। उनले इन्स्टाग्राममा आफ्ना विभिन्न लुक्सका फोटोहरू शेयर गरिरहन्छिन्।
हालै उनले नयाँ तस्वीरहरू शेयर गरेकी छन्। जसमा उनी स्विमिङसूटमा देखिएकी छन्। दिशाको यो तस्वीर सामाजिक सञ्जालमा २१ लाखभन्दा बढीले मनपराएका छन्।
यसअघि दिशाले केही तस्विर शेयर गरेकी थिइन् जसमा उनी स्पोर्ट आउटफिटको पोज दिँदै गरेकी देखिएकी थिइन्। दिशा फिटनेश फ्रिक छन्, र यस फोटोसूटमा पनि उनी आफ्नो फिट बडी देखाउँदै गरेकी देखिन्छन्।
View this post on Instagram
२७ वर्षीया दिशा आफ्नो फिटनेशमा लगातार काम गर्छिन्। उनको वर्कआउट रुटिनमा मिक्समार्शल आर्ट, डान्सिङ पिलाटेस वेट ट्रेनिङ र योगा सामेल छन्।
फिट्नेस ट्रेनिङबाहेक दिशाले स्ट्रिक्ट डाइट पनि फलो गर्छिन्, तर एक दिन भने उनको चिल डे रहन्छ। त्यसदिन उनले जे मनलाग्यो त्यही खान्छिन्।