काठमाडौं : वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समाविष्ट गीत याद तिम्रो धेरै आइरह्योको म्यूजिक भिडियो सार्वजनिक भएको छ। एल्वमको पाँचौं गीत याद तिम्रो धेरै आइरह्योसँगै अधर एल्वममा समावेश गरिएका सम्पूर्ण गीतको म्यूजिक भिडियो रिलिज भएका छन्। अधर एल्वमका यसअघि नै चार वटा गीतको भिडियो सार्वजनिक भइसकेका छन् योसहित पाँच गीतको भिडियो सार्वजनिक भएको हो।

दोस्रो एल्वमसमेत तयारी गर्दै गरेका प्रिय पछिल्लो समयमा चलचित्र गीति लेखन तथा आधुनिक गीति लेखनमा उत्तिकै सक्रिय रहेका छन्। याद तिम्रो धेरै आइरह्यो गीतको म्यूजिक भिडियो निर्देशन निर्मल शर्माले गरेका हुन्। गीतको छायाकन राजु केसीले गरेका हुन् भने श्रृंगार निर्मला आचार्यले गरेकी छिन्। गीतको सम्पादन वीरेन्द्र भाट ‘विपिन’ले गरेका हुन्।

शान्ति प्रियको शब्दको यो गीतलाई संगीतकार अर्जुन पोखरेलले संगीत गरेका हुन् भने युवा गायक युबराज चौलागाईंले गाएका हुन्। गीतमा श्रीदेव भट्टराई र अनामिका चौलागाईं एवं राम ढकालको अभिनय हेर्न पाइन्छ। म्यूजिक भिडियोलाई छायाछवि क्रियशनले निर्माण गरेको हो।

Leave a Reply