एजेन्सी : बहुप्रतीक्षित बलिउड चलिचत्र स्टुडेन्ट अफ दि इयर-२ को ट्रेलर रिलिज भएको छ। चलचित्रका निर्माता करण जोहरले सामाजिक सञ्जालबाट उक्त कुराको जाकारी दिएका हुन्। फिल्ममा टाइगर श्राफ, तारा सुतारिया र अनन्या पाण्डे मुख्य भूमिका छन्। यही फिल्मबाट तारा सुतारिया र अनन्या पाण्डे बलिवुडमा डेब्यू गर्दैछन्।

फिल्मको केन्द्रमा एक्सन हिरो टाइगर श्राफ रहेका छन्। ट्रेलरको सुरुवात नै टाइगर श्राफको डाइलगबाट हुन्छ। उनी भन्छन् ‘लाइफ अगल मैदान है तो उसे दो हिस्सों में डिवाइड करो, एक में सपने और दूसरे में असलियत. जिसे पार वहीं करता है जो भरोसा किस्मत से ज्यादा अपनी मेहनत पर करें।’ टाइगरका फिल्म एक्सनबिना अधुरै हुन्छन्। यस फिल्मको ट्रेलरमा जबरदस्त एक्शन र डान्स हेर्न सकिन्छ। टाइगरले सधा झै यस फिल्ममा पनि शानदार स्टन्ट गरेका छन्।

फिल्मको ट्रेलरमा लव ट्राएन्गल देख्न सकिन्छ। फिल्म कलेज स्टुडेन्ट्सको जिन्दगी देखाइएको छ। कहीँकहीँ ट्रेलरका सिनले स्टुडेन्ट अफ द इयरको याद गराउँछ। यो फिल्म करण जौहरको सन् २०१२ मा आएको हिट फिल्म स्टुडेन्ट अफ द इयरको दोस्रो फ्रिन्चाइज हो। मे १० तारिखदेखि विश्वभर एक साथ रिलिज हुनेछ।

Leave a Reply