काठमाडौं : चलचित्र ‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीमा क्रिस्टिना गुरुङलाई छानिएको छ। अमेरिकाबाट अडिसनमा सहभागी हुनका लागि नेपाल आएकी क्रिस्टिनाले २७ सय १४ जना प्रतिस्पर्धीलाई उछिन्दै चलचित्रमा काम गर्ने अवसर पाएकी हुन्। २७ सय १४ जनाबाट उत्कृष्ट २५ र त्यसपछि टप ५ छानिएको थियो।

आशुसेन फिल्म्सका निर्देशकद्वय छेतेन गुरुङ र सन्तोष सेनले आज उनको नाम सार्वजनिक गरेका हुन्। निर्माण टिमले शिव श्रेष्ठ, सुनील थापा, मनिष राउत, अनुभव रेग्मी र अब क्रिस्टिना यो चलचित्रका लागि फाइनल भएका छन्। चलचित्रको मुख्य अभिनेता र अन्य दुई बालकलाकारसहित निर्माण टिमले चाँडै चलचित्रको घोषणा गर्ने जनाइएको छ।

Leave a Reply