सहरमा चर्चा छ एउटा गीतको। गीतको भन्दा पनि अझ बढी चर्चा मोडलको। गीत पक्क थाहा पाउनु भयो होला! थाहा पाउनु भएनन्। त्यही त हो प्रकाश सपुतको नयाँ गीत ‘गल्बन्दी’। अहिले बजार पटिरहेको छ नि यस्ले त। युट्युबको ट्रेन्डिङमै कति दिनदेखि। भ्यू पनि राम्रै छ। ३९ लाख बढीले हेरिसकेका छन्।
गीत र राम्रो छँदै छ त्यो भन्दा राम्रो अभिनय मोडेलले गरेकी छन् । उनको लजालु गाउँले पारालाई खुबइ रुचाइएको छ । को हुन् त त्यस्तो उम्दा अभिनय गर्ने मोडेल ? कतिपयलाई त पहिल्यै थाहा होला । थाहा नभए थाहा पाइहाल्नुहोस् उनी हुन् बर्दियाकी अञ्जली अधिकारी ।
अभिनय र मोडल बन्ने भोकले भागे काठमाडौं छिरेकी अञ्जलीको उचाइ गलबन्दीले चुलाइदिएको छ । उनले सबै तिरबाट वाइवाइ पाइरहेकी छन् । झण्डै एक डेढ सय म्युजिक भिडियोमा अभिनय गर्दा पनि नोटिस नभएकी अञ्जलीको लजालु गाउँले युवतीको भूमिकाको खुलेर तारिफ भएरहेको छ।
रियल लाइफमा भने गीतमा जस्तो लजालु रत्तिभर देखिँदिनन्। उनको फेसबुक वालमा उनका बोल्ड अवतारका तस्बिर प्रसस्तै देख्न पाइन्छ । थरीथरीका पोजका उनको तस्बिरहरू पनि अहिले इन्टरनेटमा भाइरल भइरहेका छन् ।
तस्बिरहरू अञ्जली अधिकारीको फेसबुकबाट