‘तपाईंले विवाह कहिले गर्ने ?’ बलिउडका चर्चित अभिनेतालाई सोधिने प्रश्न हो। हुन पनि हो आधा ५ दशक पार गरिसकेका यी अभिनेताले अहिलेसम्म विवाह गरेका छैन्। र उनी विवाह सर्वत्र चासो विषय बनिरहेको छ। पक्क पनि तपाईंहरूले अनुमान लगाइसक्नु भयो होला उनी को हुन् भनेर। उनी हुन् ५३ वर्ष बलिउड दबंग हिरो सलमान खान।

पछिल्ला समाचारमा उनी बाबु बन्दै गरेकी बताइएको छ। विवाह नगरीकन उनी बच्चा जन्माउने तयारीमा रहेको खबर बाहिरिएको हो। टाइम्स् अफ इन्डियाको एउटा रिपोर्टपछि सलमान खान सरोगेसीमार्फत बाबु बन्ने तयारीमा रहेको खबर बाहिर आएको हो।

अन्य बलिउड स्टारहरू सरोगेसीमार्फत बाबुआमा बनेजस्त सलमान पनि बाबु बन्ने तयारीमा रहेका हुन्। यसअघि शारुख खान, आमिर खान, करण जोहर, एकता कपूरले सरोगेसीमार्फत अभिभावक बनेका थिए। सलमानले पति त्यही ट्रेनलाई फलो गरेको देखिन्छ।

यो खबरसँगै उनको विवाह गर्ने योजनापछि हटेको बताइएको छ। सलमानले आफ्ना शुभेच्छुकमार्फत आफू विवाहदेखि भाग्ने गरेको बताउँदै आएका छन्। उनले आफूलाई बच्चा निकै मन पर्ने र बच्चाहरूसँग लगाव रहेको बताउने गरेका छन्। उनले भनेका छन्, ‘म राम्रो छोरा र असल बुवा बन्न सक्छु तर राम्रो श्रीमान् बन्न सक्दिनँ सायद।’

कामको कुरा गर्दा, अहिले उनीको बहुप्रतीक्षित फिल्म ‘भारत’ रिलिजको संघारमा छ। उनी भारतमा विभिन्न भूमिका देखिँदै छन्। यो फिल्म कोरियन भाषाको फिल्म ओड टु माइ फादरको हिन्दी रिमेक हुनेछ। यो फिल्म पछि सलमान आफ्नो फ्रिन्चाइज फिल्म दबंग ३ मा ब्यस्त हुनेछन्।

Leave a Reply