काठमाडौं : दोस्रो नेपाल आइडलबाट चर्चामा आएका गायक हुन् बिक्रम बराल। सुमधुर स्वरका धनी पोखराका बराल भर्सटाइल स्वरका कारण लोकप्रिय बन्दै गइरहेका बेला उनको स्वर समावेश गीत कस्तो दूरीको म्यूजिक भिडियो सार्वजनिक भएको छ। नारायण गौतमका शब्द शृजना समावेश गीतमा पछिल्लो समयका चर्चित संगीतकार तथा गायक हरि लम्सालको संगीत रहेको छ।

गायक बराल स्वयंले अभिनय गरेको भिडियोमा सुन्दरी मोडल प्रियंका खड्काको अभिनय गरेका छन्। युवाअवस्थामा माया, प्रेम, मिलन र बिछोडमा हुने प्रेमाभावलाई जीवन्त शैलीमा प्रस्तुत गरिएको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्। जसमा प्रियंका र विक्रम दुवैको अभिनय सशक्त रहेको छ।

महाराज थापाको एरेनज रहेको गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विकाश धमलाले गरेका हुन्। भिडियो टुभेल्व नोट्सबाट सार्वजनिक गरिएलगत्तै राम्रो प्रतिक्रिया आइरहेको निर्माण यूनिटले जनाएको छ।

Leave a Reply