पछिल्लो समय आमिर खानको एउटा भिडियो भाइरल भएको छ। उनले विमानमा इकोनमिक कलासमा यात्रा गरिएको भिडियोलाई तीव्र रूपमा शेयर गरेका हुन्।

उनको सामान्य जीवनयापन र विनम्रताको प्रशंसा गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले भिडियो शेयर गरेका हुन्। उनलाई फ्यानहरूले रियल हिरोसमेत भनेका छन्। यद्यपि केही सामाजिक सञ्जाल प्रयोककर्ताहरूले नकारात्मक टिप्पणी गर्दै उनलाई टोल पनि गरेका छन्।

केही व्यक्तिहरूले उनको यो सामान्य र विनम्रतालाई प्रचारको एउटा माध्यम भएको बताएका छन्। सामाजिक सञ्जालमा एक युजरले लेखेका छन्, ‘सादा जीवन होइन यो प्रचार हो।’

अर्का व्यक्तिले इकोनोमिक कलासमा यात्रा गर्नुलाई सन् २०१८ मा रिलिज भएको फिल्म ठग्स अफ हिन्दुस्तान फ्लप हुनुको असर भनेका छन्। उनले लेखेका छन्, ‘ठग्स… को प्रभाव। यदि अब आउने फिल्म फ्लप भयो भने अभिनेता सडकमा भीख माग्दै गरेको भेटिने छ।’

 

View this post on Instagram

 

A post shared by Aamir Khan (@_aamirkhan) on

अन्य युजरले उनी इकोनोमिक कलासमा यात्रा गर्नु कुनै नयाँ कुरा नभएको भन्दै यसलाई सामान्य रूपमा लिनुपर्ने बताएका छन्। एक युजरले उक्त घटनालाई राजनीतिक रूपमा जोडेर टिप्पणीमा लेखेका छन्, ‘आमिर खान यहाँ सुरक्षित महसुस गर्छन्, किनकि यहाँ मोदी छन्’

आमिरको पछिल्लो फिल्म ठग्स अफ हिन्दुस्तान थियो। सन् २०१८ को सबैभन्दा ठूलो फिल्म बताइएको थियो। तर मल्टिस्टारर फिल्म ठग्स नराम्रो तरिकाले फ्लप साबित भयो। उनले फिल्म नचल्नुको कारण आफू जिम्मेवार रहेको बताएका छन्।

अब उनको फिल्म लाल सिंह चड्डा हो। जसलाई सन् २०२० मा रिलिज गरिने बताइएको छ। यो फिल्म टम ह्यान्कसको सन् १९९४ मा बनेको ब्लाकबास्टर हलिउड फिल्म फरेस्ट गम्पको रिमेक हो।

Leave a Reply