विभिन्न व्यापार सङ्घले सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानी गनुपर्ने व्यवस्था हटाउन माग गरेका छन् ।

राष्ट्रिय व्यापार सङ्घ, नेपाल व्यापार सङ्घ, एकता व्यापार सङ्घ, रञ्जना व्यापार सङ्घ, आरबी कम्प्लेक्स व्यापार सङ्घ, भोटेबहाल तयारी पोशाक उत्पादन तथा बिक्रेता सङ्घले आज संयुक्तरूपमा विज्ञप्ति जारी गरी सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानी गनुपर्ने व्यवस्था हटाउन माग गरेका हुन् ।

नेपाल व्यापार सङ्घका महासचिव वैकुण्ठ दाहालले सामान ढुवानी गर्दा अग्रिम रकम भुक्तानीपश्चात् मात्र सामान ढुवानी गर्ने एकतर्फी निर्णय अव्यावहारिक भएको बताए । ‘उक्त निर्णय व्यावसायिक मूल्यमान्यताविपरीत छ, यसलाई तत्काल सच्याउनुपर्छ’, उनले भने ।

उनी व्यावसायिक मूल्यमान्यताविपरीत र ढुवानीको प्रचलित कानूनविपरीतको कार्य भएको हुँदा यसलाई तुरुन्त सच्याएर व्यावहारिक निर्णय गरी व्यावसायिक वातावरण सहज र सरल बनाउन आग्रह गरे ।

यस्तै व्यापार सङ्घले आफ्नो संस्थामा आबद्ध व्यवसायीलाई समस्या समाधान नहुञ्जेलसम्म आफ्नो सामान ट्रान्सपोर्टमा नपठाउन अनुरोध गरेको छ ।

[bdp_post_slider show_date=”false” show_author=”false” show_tags=”false” show_comments=”false” content_words_limit=”5″ media_size=”small”]

[bdp_ticker]

Leave a Reply