कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी विद्यमान सेयरधनीहरुलाई लाभांशको रुपमा दिइने थप सेयरलाई बोनस सेयर (स्टक डिभिडेन्ड) भनिन्छ ।

विद्यमान सेयरधनीको खरिद गर्ने पहिलो हक हुने गरी उनीहरूलाई समानुपातिक रूपमा सेयर बिक्री गर्न जारी गरिने थप सेयरलाई हकप्रद सेयर (राइट सेयर) भनिन्छ ।

बोनस सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्दैन । साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर प्राप्त गर्नेले सरकारलाई कर तिर्नुपर्छ ।

हकप्रद सेयरका लागि सेयरधनीले पैसा तिर्नु पर्छ । साधारण सेयरजस्तै बजार मूल्यमा यसको कारोबार हुन सक्छ । बोनस सेयर र हकप्रद सेयर बाँडी सकेपछि कम्पनीको बजार सेयर मूल्यमा समायोजन गरिने भएकाले मूल्य घट्न सक्छ ।

Leave a Reply