सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ३०० ले घटेर ९३ हजार १०० मा आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९३ हजार ४०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ६०० कायम भएको छ, जसको मूल्य आइतबार प्रतितोला ९२ हजार ९०० तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २६५ मा आएको महासंघले जनाएको छ । चाँदी आइतबार प्रतितोला एक हजार २७० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार ८२४ डलर आसपास कारोबार भइरहेको छ ।

Leave a Reply