मेरो सेयर सफ्टवेरमा नयाँ फिचर ‘माइ होल्डिङ’ थपिएको छ । सेयर बिक्री गर्दा उल्लेख गरिने सेयरको बिक्री स्रोत (माइ पर्चेज सोर्स)सँगै नयाँ फिचर ‘माइ होल्डिङ’ थप गरिएको हो ।
नयाँ आर्थिक वर्षसँगै दोस्रो बजारमा हुने सेयर खरिद बिक्रीको करमा भएको दुई थरी प्रावधानलाई सहजीकरण गर्न यस्तो फिचर थपिएको केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले जनाएको छ ।
सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेका अनुसार शेयर लगानीकर्ताले कुन सेयर कति समय होल्ड गरेर बिक्री गरेको हो भन्ने विवरण यकिन गरी पुँजीगत लाभकर गणना गर्न यस्तो सुबिधा थप गरिएको हो ।
नयाँ आर्थिक वर्ष सुरु भएपछि एकवर्ष भन्दा धेरै समय होल्ड गरेर बिक्री गर्ने लगनीकर्तालाई पाँच प्रतिशत र सो भन्दा कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्तालाई ७.५ प्रतिशत पुँजीगत लाभकरको व्यवस्था गरिएको थियो ।
नयाँ फिचरबाट लगानीकर्ताले आफूले बेचेको सेयर कति सिमय होल्डभएर बिक्री गरियो र त्यसमा कति पूँजीगत लाभकर लाग्ने भो भन्ने थाहा हुने सूचना अधिकारी न्यौपानेले बताए ।
कसरी प्रयोग गर्ने ‘माइ होल्डिङ’ ?