मंगल ग्रहमा पहिरो गएको छ। हरेक वसन्त ऋतुमा मंगल ग्रहको उत्तरी ध्रुवमा हिमपहिरो जाने वैज्ञानिकहरू बताउँछन्।
सूर्यको प्रकाश परेपछि त्यहाँ हिमपहिरो जाने गरेको एक अनुसनधानले पत्ता लगाएको छ। अमेरिकी अन्तरीक्ष अनुसन्धान केन्द्र नासाले मंगल ग्रहमा हिमपहिरो गएको तस्बिर सार्वजनिक गरेको छ।
तापक्रम बढ्दै जाँदा हिउँ पग्लिएर पहिरो गएको नासाले जनाएको छ। सार्वजनिक गरिएका हिम पहिरो दृश्य निकै रंगिन देखिन्छ ।
तस्बिरहरू मंगल ग्रहमा प्रवेश गरेको यानले पठाएको हो। नासाले मंगल ग्रहमा अनुसन्धानलाई गति दिइरहेको छ। उसले यान अवतरण गराइसकेको छ भने मानवसहितको यान पठाउने तयारी गरिरहेको छ। एजेन्सी।