खगोल शास्त्रिहरूले बुधबार ब्ल्याक होलको पहिलो वास्तविक तस्बिर जारी गरेका छन्। अन्तरिक्ष दुनियाँको महत्त्वपूर्ण घटनाअनुसार आकाशगंगा एम८७ मा अवस्थित ५३.५ मिलियन प्रकाशवर्ष टाढा रहेको विशालकाय ब्ल्याक होलको तस्बिर जारी गरेका हुन्।
ब्ल्याक होलबाट ग्यास र प्लाजमाको पहेँलो रङको प्रकाश फालेको देखाइएको छ। वैज्ञानिकरहरूले ब्रुसल्स, शंघाइ, टोकियव वाशिंटन सैन्टियागो र ताइपेमा एक साथ प्रेस कन्फिरेन्स गरे उक्त तस्बिर सार्वजनिक गरिएको हो।
ब्ल्याक होलको तस्बिर सार्वजनिक भएपछि मानवीय कल्पनाले आफ्नो तर्फ खिचिरहेको स्पेसटाइम फ्याब्रिकको रहस्य, विकृत क्षेत्रको आकारको खुलासा हुन सक्छ। साथै कैयौँ साइन्स फिक्सन फिल्म बनाउने प्रेरणा पनि मिल्न सक्छ। र आउँदो पिँढीका लागि शोध सामग्री पनि उपलब्ध हुनेछ।
संसार भरी रहेका छ वटा शक्तिशालि दूरबिनका डाटालाई उपयोग गर्दै इवेन्ट होरिजन टेलिस्कोप (इएचटी) परियोजनामा सहभागी भएका वैज्ञानिकहरूले मिल्की वे आकाशगंगा केन्द्रमा स्थित ब्ल्याक हवल सेजिटेरियस ए र एक अन्य विशालकाय ब्ल्याक होल जो ५३.५ मिलियन प्रकाश वर्ष दूरीमा रहेको आकाशगंगा एम ८७ को तस्बिर खिजेका हुन्।
तस्बिर सार्वजनिक गर्नु भन्दा पहिला अन्तरिक्षमा चासो राख्ने मानिसहरूलाई अत्यन्तै उत्सुक थिए। उनीहरू सबै ब्ल्याक होलको वास्तविक झलक हेर्नका लागि तीव्र प्रतीक्षा गरेर बसेका थिए।
ब्ल्याक होल यस्तो खगोलिय वस्तु हो जसको गुरुत्वाकर्षण क्षेत्र अत्यान्तै शक्तिशाली हुन्छ। यसमा प्रकाश सहित कुनै पनि वस्तु यसको आकर्षणबाट मुक्त हुन सक्दैन। यसले आफूमाथि पर्ने प्रकाशलाई सोसिदिन्छ तर केही पनि प्रतिबिम्बित गर्दैन।
Discover more from खबरगृह
Subscribe to get the latest posts sent to your email.