एजेन्सी । एक चर्चित अमेरिकी नायिकाले महिलालाई ब्ल्याकमेल गरेर यौन दासी बनाएको कुरा अदालतसामू मंगलबार स्वीकारेकी छिन् । यौन दासी बनाएको आरोपमा ३६ वर्षीया नायिका एलिसन म्याक न्यूयोर्कको एक अदालतमा सोमबार पेश भएकी थिइन् ।
NXIVM नामको एक संस्था आफूलाई ‘सेल्फ हेल्प ग्रुप’ भएको दाबी गर्छ र यसै संस्थासँग मिलेर महिलालाई ब्ल्याकमेल गरेको उनीमाथि आरोप लागेको छ । NXIVM संस्था नीजि एवं व्यवसायिक उत्थानका लागि सेमिनार र कक्षाको आयोजना गर्ने गर्छ ।
एलिसन म्याकले जबर्जस्ती पैसा असुल गरेको र जबर्जस्ती काम गरेको आरोप पनि स्विकारेकी छिन् । NXIVM संस्थामा नै डिओएस नामको शेडी ग्रुप बनाएको थियो । अभियोजन पक्षका वकिलका अनुसार महिलालाई भोका राखिन्थ्यो र उनलाई सेक्सका लागि तयार गरिन्थ्यो ।
नायिका एलिसन म्याकले डिओएसको हिस्सा भएको पनि स्विकार गरिन् । उनले महिलालाई बन्धक बनाएर राख्थिन् र सेवा दिन बाध्य बनाउँथिन् । उनका अनुसार एउटा यस्तो सिस्टम बनाइएको थियो जहाँ महिलाले सेवा नदिए उनीहरुको भारी क्षती हुन्छ भनेर सोच्न बाध्य बनाइन्थ्यो ।
द सनका अनुसार अमेरिकी टिभी शो Smallville मा काम गर्ने नायिका अदालतमा यति धेरै रोइन् कि न्यायाधिस निकोलस गाराउफिसले उनलाई टिश्यू दिए ।
‘आफ्नो कृत्यका लागि मैले जिम्मेवारी लिनैपर्छ । यसका लागि म तपाईंहरुसँग माफी माग्न चाहन्छु’ उनले रुँदै भनिन्, ‘म आफ्नो परिवारसँग पनि माफी माग्न चाहन्छु । मैले दुःख पुर्याएका ती सबै राम्रा व्यक्तिसँग पनि माफी माग्न चाहन्छु ।’ म्याकलाई २० वर्षको जेल सजाय तोकिएको छ ।