Monday, February 26

Tag: WHO

भारतीय-बेलायती मिरेल बन्यो कोरोनाको भियतनामी भेरिएन्ट, हावाबाटै झन् छिट्टै सर्ने
प्रमुख समाचार, स्वास्थ्य

भारतीय-बेलायती मिरेल बन्यो कोरोनाको भियतनामी भेरिएन्ट, हावाबाटै झन् छिट्टै सर्ने

भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत् गरी आइतबार समाचार सम्प्रेषण गरेको छ । भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दाबी गरिएको छ । यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन् । भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले यो भाइरस हावाबाट निकै छिटो सर्नसक्ने खालको रहेको बताए । नयाँ भेरिएन्टको जेनेटिक कोड भने सार्वजनिक गरिएको छैन । सन् २०१९ को अन्त्यमा चीनको वुहानमा पहिलो पटक पत्ता लागेको कोरोना भाइरस सुरु भएयता हजारौं पटक यो भाइरस परिवर्तन भई कहीँ कमजोर त कहीँ थप खतरनाकरूप लिएको छ । भियतनामका स्वास्थ्यमन्त्रीले के भने ? रोयटर्स समाचार संस्थाले स्वास्थ्यमन्त्री गुयनले सरकारी बैठकमा भनेको कुरालाई लेखे...
संक्रमितको कडा निगरानी गर्न डब्लूएचओको सुझाव
विश्व, स्वास्थ्य

संक्रमितको कडा निगरानी गर्न डब्लूएचओको सुझाव

मस्को, ३१ असार : विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसका संक्रमितहरूको कडा मात्रामा निगरानी गर्न सल्लाह दिएको छ । संक्रमण दरलाई बढ्न नदिन तथा सकेसम्म समुदायस्तरमा फैलिन नदिने यस्तो निगरानीको निकै खाँचो रहेको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको हो । विश्व स्वास्थ्य संगठनले प्रत्येक देशले प्रतिदिन १० लाख नागरिकमध्ये कम्तीमा पनि १४० जना नागरिकको पिसिआर परीक्षण गर्नुपर्ने सुझाव दिएको हो । भारतका विभिन्न २२ संक्रमित स्थानहरूमा प्रति दिन प्रति १० लाखमध्ये १४० जनामा र कहिँ त त्योभन्दा पनि बढी मानिसमा यसको परीक्षण गर्ने गरेको पाइएको समाचारहरुमा जनाइएको छ । तर, पछिल्ला हप्ताहरूमा भारतमा प्रति १० लाख नागरिकमध्ये कतैकतै त ८ हजार जनाभन्दा पनि बढीमा यस्तो परीक्षण गर्ने गरिएको बताइएको छ । भारतमा पछिल्ला हप्ताहरूमा १ हजार २०० भन्दा पनि बढी प्रयोगशालाबाट यहाँका शंकास्पद व्यक्तिको परीक्षण गर्ने गरिएको बता...