Wednesday, February 21

Tag: UFOs

के एलियन मानवसँग मित्रता गाँस्न चाहन्छन्? जान्नुहोस्
प्रमुख समाचार, रोचक, विश्व

के एलियन मानवसँग मित्रता गाँस्न चाहन्छन्? जान्नुहोस्

एलियन हुन्छन् कि हुँदैनन्? छन भने उनीहरूको नियत कस्तो छ? के उनीहरू पृथ्वीमा आफ्नो कब्जा जमाउन चाहन्छन्? अझ उनीहरूको मन कस्तो होला? वा यो सबै कुन कथा कहानीको पात्रमात्रै हुन्? यस्तो खाले प्रश्न तब उब्जिए जब स्पेसको निगरानी गरिरहेको एक सिद्धान्तवादीले पृथ्वीको नजिक सात युएफओहरू घुमिरहेको दाबी गरे। ती वैज्ञानिकका अनुसार यी युएफओमा सवार एलियनले मानवसँग मित्रता गाँस्न चाहन्छन्। यी संदिग्ध स्पेसक्राफ्ट इन्टरनेश्नल स्पेस सेन्टरको एक लाइभ स्ट्रिमिङ भिडियोका क्रममा देखिएका थिए। यो सबै घटनाक्रमलाई हेरेर वैज्ञानिकहरूले दाबी गरेका छन कि अबका १५ वर्षमा मानिस र एलियनबीच आमनासामना हुनेछ। युएफओलाई ट्रयाक गर्ने यी अज्ञात वैज्ञानिकले अंग्रेजी वेबसाइट डेली स्टारसँग भने, ‘एलिन पृथ्वीमा आइपुगेका छन। उनीहरूले छिट्टै हामीहरूसँग भेटघाट गर्ने छन्।’ आफूलाई ग्राहम भनेले पुकार्ने यी वैज्ञानिकका अनुसार एलियनको उपस्थित...