Sunday, July 21

Tag: student of the year-2

इन्टरनेटमा लिक भयो स्टुडेन्ट अफ द इयर-२, थाहा पाउनुहोस् कसले गर्‍यो लिक
मनाेरञ्जन

इन्टरनेटमा लिक भयो स्टुडेन्ट अफ द इयर-२, थाहा पाउनुहोस् कसले गर्‍यो लिक

बलिउड अभिनेता टाइगर श्राफ अनन्या पाण्डे र तारा सुतारिया स्टारर फिल्म 'स्टुडेन्ट अफ द इयर-२' रिलिज भएको केही घण्टामै इन्टरनेटमा लिक भएको छ। पुनित मल्होत्राद्वारा निर्देशित यो फिल्म पायरेसीमा चर्चित वेबसाइट तमिल रकर्सले लिक गरेको हो। यो वेबसाइटले यसअघि पनि कैयौँ ठूला फिल्महरू लिक गरिसेको छ। लिक गरिएको फिल्मलाई उक्त वेबसाइटबाट डाउनलोड गरिरहेका छन्। करण जौहरको धर्मा प्रोडक्सन फिल्म 'स्टुडेन्ट अफ द इयर-२' १० मेबाट सिनेमा हलमा रिलिज भएको हो। रिलिज भएको केही घण्टामै तमिल रकर्सले लिक गरेका भारतीय सञ्चार माध्यमले जनाएका छन्। पूरै फिल्म वेबसाइटमा उपलब्ध रहेको बताइएको छ। बक्स अफिसमा राम्रो कमाइ गरिरहेको फिल्म लिक भएपछि भने यसको कमाइमा असर पर्न सक्ने आंकलन गरिएको छ। फिल्मले ओपनिङ डेमा १२ करोड ६ लाख रुपैयाँ कमाइ गरेको थियो भने दोस्रो दिन १४ करोड २ लाख भारतीय रूपैयाँ कमाइ गरेको भारतीय सञ्चार माध्यमले जन...