२९० जनाको ज्यान जानेगरि भएको श्रीलंका विस्फोटका मुख्य ७ कुरा
श्रीलंकामा आइतबार बिहान भएका श्रृंखलाबद्ध बम विष्फोट २९० को मृत्यु भएको छ भने ५०० जनाभन्दा बढी घाइते भएका छन्। मृत्यु हुनेमा कतिपय विदेशी नागरिक पनि रहेका छन्।
श्रीलंकाको रक्षा मन्त्रालयका अनुसार बम विष्फोट गराउने संदिग्धले जुन घरमा आश्रय लिएर बसेका थिए ती घरलाई सुरक्षाकर्मीले कब्जा गरेको बताएको छ। प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा कोलम्बो लगायतका ठाउँबाट अहिलेसम्म २४ जनालाई गिरफतार गरिएको छ।
View this post on Instagram
A post shared by Open Doors USA (@opendoorsusa) on Apr 21, 2019 at 1:31pm PDT
श्रीलंका वायुसेनाले कोलम्बो एयरपोर्टमा ६ फिट लामो पिविसी पाइपमा राखिएको विस्फोटक पदार्थ निष्क्रिय गरिदिएको बताएको छ। त्यस्तै प्रहरीले आइतबार बुलुका मोलम्बोस्थित एक क्षेत्रबाट एउटा भ्यान पनि कब्जामा लिएको जनाएको छ। यही भ्यान प्रयोग गरेर देशका...