Tuesday, July 16

Tag: Sandeep Lamichhane

सीपीएलमा सन्दीपको कमाल : खेलैपिच्छे विकेट
खेलकुद, प्रमुख समाचार

सीपीएलमा सन्दीपको कमाल : खेलैपिच्छे विकेट

ट्रिनिडाडमा जारी क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । जमैका तलावाजबाट खेल्दै आएका उनी समूह चरणका सबै खेलमा खेलैपिच्छे विकेट लिन सफल भएका छन् । सीपीएलको समूह चरणको सबै खेलहरू आइतबार राति सम्पन्न भएको छ । सीपीएलमा सहभागी ६ वटै टोली प्रत्येकले १०/१० वटा खेल खेलेका थिए । सेन्ट किटस्‍विरुद्धको आठौँ खेल वर्षाका कारण रद्द भयो । उक्त खेलमा सन्दीपले बलिङ गर्न पाएनन् । बाँकी नौवटा खेलमा भने उनले खेलैपिच्छे विकेट लिए । सन्दीपको बलमा विपक्षी खेलाडीले खुलेर रन बनाउन सकेनन् । उनले प्रत्येक खेलमा निकै किफायती बलिङ गरे । सन्दीपले समूह चरणका खेल सम्पन्न हुँदासम्म ९ खेलमा १२ विकेट लिए । जमैकाले समूह चरणमा स्तरीय खेल प्रदर्शन गर्न नसके पनि सन्दीपले भने आफ्नो उत्कृष्ट खेल देखाए । जमैका समूह चरणका १० खेलमध्ये तीनमा जीत तथा ६ वटामा हारका साथ ७ अंक ...
वेष्ट इन्डिजलाई सन्दीपले दिए बधाई, लेखे यस्तो स्टाटस
खेलकुद

वेष्ट इन्डिजलाई सन्दीपले दिए बधाई, लेखे यस्तो स्टाटस

काठमाडौं, २९ असार : कोरोना भाइरस (कोभिड-१९) महामारीले ठप्प रहेको अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि सुरु हुन थालेका छन् । कोरोना कहरपछि पहिलो अन्तर्राष्ट्रिय म्याच वेष्ट इन्डिज र इंग्ल्याण्डबीच भएको छ । यी २ टिमबीच भएको टेष्ट सिरिजको पहिलो म्याचमा पाहुना टोली वेष्ट इन्डिज ४ विकेटले विजयी भएको छ । घरेलु मैदानमै इंग्ल्याण्डलाई हराउँदा अहिले वेष्ट इन्डिज टिमको चर्चा भइरहेको छ । यो पटक वेष्ट इन्डिजको टिमले टोलीमा युवा खेलाडीलाई मौका दिएको थियो । युवा खेलाडीको उत्कृष्ट प्रदर्शनले वेष्ट इन्डिजले इंग्ल्याण्डलाई हराएपछि थुप्रै क्रिकेटरले वेष्ट इन्डिजलाई बधाई दिएका छन् । इंग्ल्याण्ड जस्तो बलियो टोलीलाई उसकै मैदानमा हराउँदा नेपाली क्रिकेटर सन्दीप लामिछानेले पनि वेष्ट इन्डिजलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् वेष्ट इन्डिज टोलीलाई बधाई दिएका हुन् । ‘इंग्ल्याण्डलाई उसकै मैदान हराउन ...