Tuesday, July 16

Tag: safety

आँखालाई शक्ति प्रदान गर्ने ७ खानाकुरा
स्वास्थ्य

आँखालाई शक्ति प्रदान गर्ने ७ खानाकुरा

हाम्रा लागि अत्यन्त महत्वपूर्ण अंग हो, आँखा । तर, उमेर बढ्दै जाँदा वा अरु विविध कारणले आँखाको शक्ति कम हुँदै जान सक्छ । कम्प्युटर, ल्यापटप तथा मोबाइलको अत्यधिक प्रयोगले पनि आँखाको समस्या बढ्न सक्छ । यसका लागि हामी आफैं सजग हुनुपर्छ । हाम्रो आँखालाई बलियो बनाउन केही खानेकुराहरु निकै फाइदाजनक हुनसक्छन् । बेलायतमा केही अघि गरिएको अनुसन्धानले यी खानेकुरा खाँदा आँखाको दृष्टिको समस्या हटाउन सकिने जनाएको छः १. माछा माछा ओमेगा–३ फ्याटी एसिडको राम्रो स्रोत हो । माछामा पाइने तेल आँखाका लागि निकै फाइदाजनक हुन्छ । साल्मोन, टुना, म्याकरेल, ट्राउट, साड्रिनेस र हेरिङ नामक जातका माछा दृष्टिका लागि बढी उपयोगी हुन्छन् । कम्प्युटरमा काम गर्दा आँखा सुक्खा हुने समस्याका लागि पनि माछा खान उपयोगी हुन्छ । २. आलु आलुमा बिटाक्यारोटिन, एन्टिअक्सिडेन्ट र भिटामिन ई पाइने भएकाले दृष्टिका लागि लाभदायी मानिन्छ । ३. बदाम ...