Saturday, April 20

Tag: #Safe

मोबाइलको सुरक्षित प्रयोग कसरी गर्ने ?
प्रविधि, शिक्षा

मोबाइलको सुरक्षित प्रयोग कसरी गर्ने ?

काठमाडौं । मोबाइल फोनले मानिसको जीवनलाई सरल मात्रै बनाएको छैन, कतिपय अवस्थामा जोखिम पनि निम्त्याएको छ । मोबाइलले उत्पादन गर्ने रेडिएसनले मानवीय स्वास्थ्यमा असर गर्छ । त्यसो त कतिपय अवस्थामा मोबाइलले दुर्घटनासमेत निम्त्याउने गरेको छ । मोबाइलले निम्त्याउन सक्ने जोखिम र असरबाट जोगिन कस्ता उपाय अपनाउन सकिन्छ ? मोबाइल गोजीमा नबोक्ने गोजीमा मोबाइल बोक्नु अधिकांशका लागि बाध्यता हुने गर्छ । यद्यपि, सकेसम्म गोजीमा फोन नबोक्दा राम्रो हुन्छ । फोन प्रयोग नभएका वेला पनि फोनले नजिकैको टावरमा कनेक्सनको प्रयास गरिरहेको हुन्छ । यस्तो वेला रेडिएसन उत्पादन हुन्छ । त्यसैले गोजीमा फोन राख्नु राम्रो होइन । सिरानीमुनि नराख्ने सुतेको समयमा सिरानीमुनि फोन राख्दा दुर्घटनाको सम्भावना हुन्छ । कहिलेकाहीँ ब्याट्री तातेर वा अन्य प्राविधिक कारणले फोन पड्कन सक्छ । त्यसो त फोन प्रयोग नहुँदा पनि फोनसेटले टावरसँग कनेक्सन खोज...