Sunday, July 21

Tag: Parbu Bank

यी ७ योजनाका लागि प्रभु बैंकले दिने भयो ५.२ प्रतिशत ब्याज दरमा ‘लोन’
समाचार

यी ७ योजनाका लागि प्रभु बैंकले दिने भयो ५.२ प्रतिशत ब्याज दरमा ‘लोन’

काठमाडौं : प्रभु बैंकले ५.२ प्रतिशत ब्याजदरमा ऋण दिनेगरी ७ वटा कर्जा योजना सार्वजनिक गरेको छ। प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल सरकार र नेपाल राष्ट्र बैंकले गरेको परिपत्रानुसार बैंकले पनि सहुलियतपूर्ण कर्जाका लागि ५.२ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने गरी ७ वटा योजना सार्वजनिक गरेका हुन्। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैंकले सहुलियतपूर्ण ऋण प्रवाहका ७ प्रकारका कर्जा योजना सार्वजनिक गरेको छ। जसअनुसार व्यावसायिक कृषि तथा पशुपंक्षीको विकासका लागि ५ करोड कर्जा दिन सकिने योजना छ। त्यसैगरी, शिक्षित युवा तथा रोजगारीका लागि ५ वर्षका लागि ७ लाख कर्जा प्रवाह गर्ने योजना रहेको पनि प्रमुख कार्यकारी अधिकृत शेरचनले जानकारी दिए। त्यसका लागि कम्तिमा स्नातक तह उतीर्ण गरेको तथा ४० वर्ष उमेर ननाघेको हुनुपर्ने मापदण्ड पनि तोकिएको छ। बैंकले स्वदेशबाट फर्किएका युवाका लागि १० लाख ...