Thursday, April 18

Tag: Paragliding

प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्न
खेलकुद

प्याराग्लाइडिङमा ५५ खेलाडीले प्रतिष्पर्धा गर्न

काठमाडौं : प्रदेश नंं ५ का विभिन्न जिल्लामा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा प्याराग्लाइडिङतर्फ ५५ खेलाडीको सहभागिता रहने भएको छ । आठौँ राष्ट्रिय खेलकूद प्रदेश नं ५ मा हुने भए पनि पूर्वाधार नभएकाले प्याराग्लाइडिङका खेल गण्डकी प्रदेशको राजधानी पोखरामा आगामी वैशाख ६ गतेदेखि शुरु हुने राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ । नेपालको राष्ट्रिय खेलकूदको इतिहासमै पहिलोपटक राष्ट्रिय खेलकूदमा प्याराग्लाइडिङ खेल समावेश गर्न लागिएको हो । कुल छ स्वर्ण पदकका लागि विभागीय टोली नेपाली सेना र प्रदेशका तर्फबाट ४६ पुरुष र नौ महिला खेलाडी सहभागी हुने नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ सङ्घ ९नेफा०का महासचिव शैलेन्द्र राउतले जानकारी दिनुभयो । प्याराग्लाइडिङतर्फ क्रसकन्ट्री र एक्यूरेसी विधा गरी दुई विधामा सञ्चालन हुनेछ । पुरुष खेलाडीतर्फको एक्यूरेसीमा ‘टिम एक्य...