Thursday, May 23

Tag: #Panjab

हैदरावादलाई हराउँदै पञ्जाव तेस्रो स्थानमा
खेलकुद

हैदरावादलाई हराउँदै पञ्जाव तेस्रो स्थानमा

सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै किंग्स ११ पञ्जाव इन्डियन प्रिमियर लिग (आइपिएल)को तेस्रो स्थानमा उक्लिएको छ। ओपनर के एल राहुलले सानदार अर्धशतक प्रहार गरेपछि पञ्जावले अंक तालिकामा हैदराबादलाई पछि पारेको हो। १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको पञ्जावले एक बल बाँकी हुँदा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। अन्तिम ओभरमा ११ रन चाहिएको अवस्थामा पञ्जावका राहुलले संयमिमित इनिङ खेले। अफगान बलर मोहम्मद नाबीले सुरुवाती दुई बलमा २–२ रन दिए पनि तेस्रो बलमा १ रन खर्चिए तर चौथो बलमा राहुलले चौका हान्दै पञ्जावको अबस्था सहज बनाए। पाँचौ बलमा २ रन लिँदै राहुलले खेल जिताए। पन्जावको जितमा नायक बनेका राहुल ५३ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७१ रनमा अविजित रहे। राहुलले मयंक अग्रवालसँग दोस्रो विकेटका लागि १ सय १४ रनको शतकीय साझेदारी गर्दै सहज जित तर्फ टिमलाई अघि बढाएका थिए। अग्रवाल ४३ बलमा ५५ रन बनाउ...